२६ औँ जनयुद्ध दिवस : एकीकृत जनक्रान्ति पूरा गर्न प्रेरणा र प्रतिबद्धता दिवस–प्रकाण्ड

२६ औँ जनयुद्ध दिवस : एकीकृत जनक्रान्ति पूरा गर्न प्रेरणा र प्रतिबद्धता दिवस–प्रकाण्ड

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले २६ औँ जनयुद्ध दिवस एकीकृत जनक्रान्ति पूरा गर्न प्रेरणा र प्रतिबद्धता दिवस भएको बताएका छन् ।

उनले जनयुद्धमा भएको विश्वासघात र आत्मसमर्पण विरुद्ध जनयुद्धका नेताकार्यकर्ता र सम्पूर्ण श्रमिक र उत्पीडित जनसमुदायलाई फेरि संगठित गर्दै एकीकृत जनक्रान्ति अघि बढेको र वर्तमान संसदीय व्यवस्था असफल सावित भइसकेकोले जनताको जनगणतन्त्र छिटै स्थापित भइछाड्ने घोषणा गरे ।

विगत जनयुद्धका क्रममा महत्वपूर्ण भुमिका खेलेको उत्पीडित बस्तीमा जिल्ला पार्टीद्वारा आयोजित कार्यक्रममा पार्टी कार्यकर्ता र जनसमुदायलाई शुभकामना व्यक्त गर्दै उक्त कुरा उल्लेख गरेको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :