अखिल (क्रान्तिकारी) ले भागरथीको हत्यारालाई फाँसीको माग गरे

अखिल (क्रान्तिकारी) ले भागरथीको हत्यारालाई फाँसीको माग गरे

बर्दिया : बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या गर्नेलाई कारवाहीको माग गर्दै अखिल (क्रान्तिकारी) बर्दियाले कोणसभा सम्पन्न गरेको छ । सयौँ विद्यार्थीहरूले जुलुस पश्चात कोणसभा सम्पन्न गरेका छन् ।

जुलुसमा सहभागी विद्यार्थीहरूले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए । कोणसभालाई अखिल (क्रान्तिकारी) बर्दियाका संयोजक हरी प्याकुरेल, भेरीकर्णाली व्युरो सदस्य लोकेश जोशी लगायतले सम्बोधन गरेका थिए ।

वक्ताहरूले वर्तमान राज्यसत्ताले दलाल, भ्रष्टाचार र बलात्कारीलाई संरक्षण गरिरहेको भन्दै निर्मला पन्त र भागरथी भट्टको न्यायको लागि संघर्ष गर्नुपर्ने बताए । भेरीकर्णाली व्युरो सदस्य लोकेश जोशीले अखिल (क्रान्तिकारी) शैक्षिक विकृति र सामाजिक न्यायका निम्ति संघर्षमा होमिने घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :