रणनैतिक संयुक्त मोर्चाको अवधारणा पत्र र संघर्षका कार्यक्रम घोषणा

कम्युनिस्ट पार्टी माथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर : किरण

रणनैतिक संयुक्त मोर्चाको अवधारणा पत्र र संघर्षका कार्यक्रम घोषणा

काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीसहितका चार कम्युनिस्ट पार्टीले बिहीबार काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनबाट भव्य समारोहबीच नेपालमा पहिलो पटक क्रान्तिकारी पार्टीहरुका बीचमा क्रान्तिकारी संयुक्त रणनैतिक मोर्चा बनेको घोषणा गरेका छन् । विप्लवले नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य किरणले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल आहुतिले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका बीचमा समाजवाद र जनगणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ रणनैतिक संयुक्त मोर्चाको अवधारणा पत्र र संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

कार्यक्रममा मोर्चाको अवधारणा पत्र, नीति र कार्यक्रम घोषणा गरेका छन् । संघर्षको कार्यक्रम माघ २९ गते मोर्चाको घोषणा सभा : काठमाडाैँ, फागुन ६ गते जनसभा : बुटवल, फागुन १४ गते जनसभा : कैलाली, फागुन १८ गते, जनसभा : इटहरी रहेको छ । साथै सांगठनीक संरचनाबारे नीति उल्लेख गर्दै, हाल केन्द्रमा १५ सदस्सीय समिति घोषणा गरेको छ । जसअनुसार— सीपी गजुरेल, ऋषिराम कट्टेल, सन्तोष बुढामगर, नवीन कुमार विश्वकर्मा, अज मोहम्मद, रामसिंह श्रीस, पवनमान श्रेष्ठ, रामदुलार महतोे, राजेश बान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नविन रिमाल रहेका छन् भने तीन सदस्य पछि थप गर्ने बताएको छ । प्रथम बैठकले अध्यक्ष र सचीव चयन गर्ने समेत मोर्चाले उल्लेख गरेको छ ।

संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्य व्यवस्थाको स्थापना गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्नुपर्ने विषयमा सहमत हुँदै चार कम्युनिस्ट पार्टीले रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति गरेका थिए । चार पार्टीको यो संयुक्त मोर्चाबाट क्रान्तिकारी पङ्क्ति उत्साहित बनेको छ भने आमूल परिवर्तनका पक्षधर जनताले पनि आशाको नजरले हेरेका छन् ।

संसद विघटनपछिको विकसित राजनीतिक परिस्थितिमा संसदको पुनस्र्थापना तथा संसदको निर्वाचनबाट मुलुकमा विद्यमान राष्ट्रियता, जनतन्त्र, जनजीविका लगायतका समस्याहरुको वास्तविक समाधान नहुने भन्दै सम्पूर्ण सच्चा देशभक्त र कम्युनिस्ट क्रान्तिकारी शक्ति र व्यक्तिहरु सङ्घीय जनगणतन्त्रको विकल्पमा अगाडि बढ्नुपर्ने चार कम्युनिस्ट पार्टीको निष्कर्ष रहेको छ । रणनीतिक संयुक्त मोर्चाको घोषणापत्रको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :