भारतमा १ करोड ८ लाख ५८ हजार सङ्क्रमित, १ लाख ५५ हजारको मृत्यु

भारतमा १ करोड ८ लाख ५८ हजार सङ्क्रमित, १ लाख ५५ हजारको मृत्यु

काठमाडौँ : भारतमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या १ करोड ८ लाख ५० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १० हजार ५१० जनामा सङ्क्रमण पुष्टि भएसँगै भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ८ लाख ५८ हजार ३०० पुगेको हो । सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड ५ लाख ५९ हजार ६०४ जना सङ्क्रमणमुक्त भएको जनाइएको छ ।

त्यसैगरी भारतमा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या १ लाख ५५ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ८५ जनाको मृत्यु भएसँगै भारतमा मृतकको सङ्ख्या १ लाख ५५ हजार २८० पुगेको छ । अब भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख ४३ हजार ४१३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :