भागिरथीको बलात्कारीलाई चिडियाखानामा राख्न गृहमन्त्रीलाई पम्फाको चुनौती

भागिरथीको बलात्कारीलाई चिडियाखानामा राख्न गृहमन्त्रीलाई पम्फाको चुनौती

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापाले केही दिन अघि सरकार विरोधी आन्दोलनमा लागेकाहरुलाई चिडियाखानामा थुन्ने चेतावनी दिएसँगै प्रचण्ड–माधव समूहकी नेतृ पम्फा भुसालले सामाजिक सञ्जालमा आफ्ना विचार सार्वजनिक गर्दै सक्ने भए भागिरथीको बलात्कारीलाई चिडियाखानामा थुन्न सरकारलाई चुनौती दिएकी छिन् ।

कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी सरकारले अझै पत्ता लगाउन नसकिरहेका बेला बैतडीमा अर्की १७ वर्षीया बालिका भागिरथी भट्टको स्कुलबाट फर्किदा बलात्कारपछि हत्या भएपश्चात प्रचण्ड–माधव समूहकी स्थायी समिति सदस्य समेत रहकी नेतृ भुसालले आक्रोस व्यक्त गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :