भट्टको हत्याराविरुद्ध लुम्बिनीमा प्रदर्शन, कडा कारवाही गर्न अखिल (क्रान्तिकारी)को माग

भट्टको हत्याराविरुद्ध लुम्बिनीमा प्रदर्शन, कडा कारवाही गर्न अखिल (क्रान्तिकारी)को माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोले विरोध प्रदर्शन गरेको छ । ब्युरो अन्तरगतका गुल्मी, अर्घाखाँची र नवलपुरमा प्रदर्शन गरेको हो ।

अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोका संयोजक विरेन्द्र विकले निर्मला पन्त, सम्झना कामीलगायत दर्जनौं बलात्कारीहको सरकारले संरक्षण गरेका कारण देशभर हिंसा र बलात्कारपछि हत्याको शृङ्खला बढिरहेको भन्दै बैतडीमा भगिरथी भट्ट त्यसैको शिकार भएको बताए । उनले, हत्यारालाई कडा कारवाही गर्न माग गर्दै बलात्कार हत्या विरुद्ध संगठनले संघर्षलाई जारी राख्ने पनि बताए ।

प्रदर्शनलाई अखिल (क्रान्तिकारी) अर्घाखाँचीका अध्यक्ष नविन खड्का, नवलपरासीमा रूपन्देही जिल्ला कार्यवाहक अध्यक्ष इन्दु वली र नवलपरासी जिल्ला संयोजक सुशील परियारले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :