भट्टको हत्यारालाई कारवाही गर्न माग गर्दै पाल्पामा अनेमसंघ क्रान्तिकारीको प्रदर्शन

भट्टको हत्यारालाई कारवाही गर्न माग गर्दै पाल्पामा अनेमसंघ क्रान्तिकारीको प्रदर्शन

तानसेन : बैतडीमा भागिरथी भट्टको बलात्कारपछि हत्या गरिएको विरोधमा पाल्पामा विरोध कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारी पाल्पाद्धारा तिनाउ गाउँपालिकामा आयोजित कार्यक्रममा दलित मुक्ति मोर्चा नेपाल पाल्पाका अध्यक्ष निशान विकले घटनाको निष्पक्ष छानविन गरी हत्यारालाई कडा कारवाही गर्नुपर्ने बताए ।

अनेमसंघ क्रान्तिकारी पाल्पाका संयोजक कृष्णा थापाले निर्मला पन्तलगायत हत्याका दोषीहरूलाई कारवाही गर्नुको सट्टा केपी सरकारले नै बलात्कारी र हत्याराको संरक्षण गर्दै आएकोले यो सरकार र व्यवस्थाकै विकल्प खोज्नुपर्ने बताइन् ।

नेकपाका विभिन्न जनवर्गीय संगठनहरुले भट्टको हत्याविरुद्ध देशभर विरोध प्रदर्शन र कोणसभाहरु गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :