गिरफ्तारीविरुद्ध नवलपुरमा विरोध सभा

गिरफ्तारीविरुद्ध नवलपुरमा विरोध सभा

बुटवल : नेकपा नेता कञ्चनलगायतको गिरफ्तारीविरुद्ध नवलपुरको बुलिङटारमा अखिल (क्रान्तिकारी) ले विरोध सभा सम्पन्न गरेको समाचार प्राप्त भएको छ ।

विरोध सभामा नेकपा लुम्बिनी ब्युरोअन्तर्गत ९ नंं जिल्लाका सेक्रेटरी हिमालले नेकपाका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई सरकारले गैरन्यायिक ढङ्गले गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरे । उनले केपी वली नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकारले नेकपामाथि दमन र प्रतिबन्ध लगाएको भन्दै त्यसको सशक्त प्रतिरोध गर्नुपर्ने बताए ।

अखिल (क्रान्तिकारी) की केन्द्रीय सदस्य एवम् नवलपुर इन्चार्ज शारदा भण्डारीले पार्टीका केन्द्रीय नेता बास्तोलालगायत केन्द्रीय नेता तथा कार्यकर्तालाई रिहा गर्न माग गर्दै त्यसका लागि देशभर सशक्त सङ्घर्ष आवश्यक भएको बताए ।

नेकपाले बास्तोलालगायत नेता–कार्यकर्ताको रिहाइका लागि देशव्यापी सङ्घर्ष घोषणा गरेको छ । सङ्घर्षको कार्यक्रमअनुसार नेकपाले माघ १० गते नेपाल बन्दको आह्वानसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :