पार्टी निर्देशनबिना चन्दा असुली गर्ने डाँगीलाई नेकपाले गर्यो कारबाही

पार्टी निर्देशनबिना चन्दा असुली गर्ने डाँगीलाई नेकपाले गर्यो कारबाही

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी गङ्गादेव गाउँ समिति रोल्पाले जिल्ला तथा गाउँ समिति सदस्य टोपबहादुर डाँगी ‘टिम’ लाई कारबाही गरेको छ ।

इन्चार्ज किरणले बिहीबार विज्ञप्ति जारी गर्दै जिल्ला तथा गाउँ समिति सदस्य डाँगीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको जानकारी गराएका हुन् ।

नेकपाले पार्टीको निर्देशनबिनै चन्दा असुली हिनामिना गर्ने, स्थानीय प्रहरी प्रशासनसँग भिडन्त भएको र आफूलाई खुट्टामा गोलीसमेत लागेको भन्दै अफवाह फैलाएर भ्रम पार्न खोज्ने र सांस्कृतिक अराजक क्रियाकलापमा समेत सरिक भएको ठहर गर्दै डाँगीलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको जनाएको छ ।

यस्तै नेपाल कम्युनिस्ट पार्टीका नाममा थुप्रै आर्थिक हिनामिना गरेकाले डाँगीलाई थप अनुसन्धान गरी कडा कारबाही गरिने जानकारी विज्ञप्तिमार्फत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :