केपी वली सरकारी नेकपाको साधारण सदस्यबाटै निष्कासित

केपी वली सरकारी नेकपाको साधारण सदस्यबाटै निष्कासित

काठमाडौँ : सरकारी नेकपाको नेपाल–दाहाल समूहले कामचलाउ प्रधानमन्त्री र अर्को समूहका अध्यक्षसमेत रहेका केपी वलीलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको घोषणा गरेको छ । सत्ता र पार्टीको शक्तिमा हानथाप र विवाद चरम अवस्थामा पुगेर विभाजित भएको उक्त समूहमा एकले अर्कोलाई कारबाही गर्ने हटाउने प्रतिस्पर्धा नै चलेको छ । सञ्चारमाध्यमहरू एक गुटले अर्को गुटलाई लगाएका आरोप, करबाही र गालीगलौजका समाचारले भरिएका छन् ।

प्राप्त समाचारअनुसार नेपाल–दाहाल समूहका प्रथम अध्यक्ष माधव नेपालले बिहीबार सुर्खेतमा पुगेर भनेका छन्, ‘आजदेखि उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको घोषणा यहीँबाट गर्छौं ।’

नेपालले अगाडि भने, ‘तीन दिनअगाडि बालुवाटारमा चिठी पठाएर स्पष्टीकरण मागेका थियौँ । वलीले जबाफ दिने आँट गरेनन् । आजै चिठी लेखेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साधारण सदस्यसमेत नरहने गरी केपी वलीलाई निस्कासन गर्दैछौँ ।’ उनले अझ अगाडि भने, ‘केपी वली २०७१ सालदेखि पूर्वएमालेमा पनि घाँडै थिए । पार्टी एकीकरणपछि पनि घाँडै भए ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :