माघ १० को नेपाल बन्द सफल पार्न नेकपा चितवनको आह्वान

माघ १० को नेपाल बन्द सफल पार्न नेकपा चितवनको आह्वान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी चितवनले पार्टीको केन्द्रीय समितिका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत पार्टी नेता–कार्यकर्ताको गिरफ्तारीविरुद्ध यही माघ १० गते घोषित नेपाल बन्द कार्यक्रम सफल पार्न जिल्लाबासीलाई आह्वान गरेको छ । पार्टीका जिल्ला इन्चार्ज आरम्भले बिहीबार जारी गरेको विज्ञप्तिमा फासिवादी वली सरकारको दमनअभियानविरुद्ध घोषित नेपाल बन्द सफल पार्न चितवनका सम्पूर्ण गरिब किसान, सुकुमबासी, हलिया, मुक्त कमैया, कमलरी, महिला, मजदूर, आदिवासी, मधेशी, जनजाति, देशभक्त कम्युनिस्टहरु, विद्यार्थी, कर्मचारी, शिक्षक, बुद्धिजीवी, पत्रकार, उद्योगी, यातायात व्यवसायी, अधिकारकर्मी, नागरिक समाज, वामपन्थी, लोकतन्त्रवादी, देशभक्त सबैलाई आह्वान गरिएको छ ।

जिल्ला इन्चार्ज आरम्भको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले यही माघ १० गते नेपाल बन्द आह्वान गरेको आम जनसमुदायहरु सबैलाई विदितै छ । ‘जोक भनेर हँसाउने जोकर र विदेशीको आज्ञाकारी नोकर’ का रूपमा स्थापित केपी (खर्वप्रसाद) वलीको सरकारले नेकपा केन्द्रीय समितिका सचिवालय सदस्य तथा विदेश विभाग इन्चार्ज क. धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्तालाई पसिना काढीकाढी जनताका बीचमा अहोरात्र खटिरहँदा अपहरणको शैलीमा गिरफ्तार गरेपछि पार्टी नेपाल बन्दजस्तो सङ्घर्षको कडा बाटो समात्न बाध्य भएको छ । वर्तमान ‘केअर टेकर’ सरकार फासिवादको सहारामा आफ्नो सङ्कट टार्न यस्तोखालका स्यालहुइयाँ मच्चाइरहेको छ । हाम्रो पार्टीले पटकपटक भन्दै आएको कायलनामा, करारनामा, कबुलियतनामा र विदेशीले तयार पारेको सनदपत्रजस्तो लाग्ने संविधानलाई आफैँले कागजको खोस्टोमा परिणत गरेको छ । हामीले भन्दै आएको कुरा के पनि हो भने फासिवादीहरूले क्रान्तिकारीहरूलाई थुन्न सक्लान् तर क्रान्तिलाई कहिल्यै थुन्न सक्ने छैनन् किनकि क्रान्तिको एउटा झिल्को एक दिन दावानल बन्नेछ ।’

आरम्भले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘त्यसैले चितवनका सम्पूर्ण युवाहरूलाई हामी अपिल गर्न चाहन्छौँ– ‘नेपाली बन, नेपाल भन, समाल नेपाल ।’ त्यसका साथसाथै चितवनका सम्पूर्ण गरिब किसान, सुकुमबासी, हलिया, मुक्त कमैया, कमलरी, महिला, मजदूर, आदिवासी, मधेशी, जनजाति, देशभक्त कम्युनिस्टहरु, विद्यार्थी, कर्मचारी, शिक्षक, बुद्धिजीवी, पत्रकार, उद्योगी, यातायात व्यवसायी, अधिकारकर्मी, नागरिक समाज, वामपन्थी, लोकतन्त्रवादी, देशभक्त सबैसबैप्रति नेपाल बन्दलाई सक्रियतापूर्वक सहयोग गरिदिनुहुन हाम्रो पार्टी विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :