नेपाल बन्दको पूर्वसन्ध्यामा जनकपुर ब्युरोभर विरोध कार्यक्रम

जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टीको जनकपुर ब्युरोले पार्टी केन्द्रीय समितिका सचिवालयका सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायतको गिरफ्तारीविरुद्ध यही माघ १० गते आयोजना गरिएको नेपाल बन्द सफल पार्न आह्वान गर्दै ब्युरोभरि विभिन्न विरोध कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपाका महासचिव विप्लवले प्रेस विज्ञप्तिमार्फत नेपाल बन्दसहित सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेपछि जनकपुर ब्युरोअन्तर्गतका सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा, रौतहटलगायत जिल्लामा विभिन्न कार्यक्रम गरिएको छ । उक्त विरोध कार्यक्रममा पार्टी नेता–कार्यकर्ताका साथै जनताको उल्लेख्य सहभागिता रहेको थियो ।

नेकपाका सचिवालय सदस्य कञ्चनको गिरफ्तारीपछि महासचिव विप्लवले गत बिहीबार वक्तव्य जारी गर्दै सामाजिक दलाल पुँजीवादी केपी वली सरकारले सञ्चालन गरेको गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न पार्टीपङ्क्ति र श्रमिक जनतालाई निर्देशन दिएका थिए ।

नेकपाको केन्द्रीय कार्यक्रमअनुसार माघ ३ गते देशव्यापी विरोध जुलुस प्रदशन गरेको नेकपाले माघ ५ गते देशव्यापी विरोध सभा सम्पन्न गरेको छ । यस्तै माघ ७ गते देशव्यापी विरोध प्रर्दशन गरिएको छ भने माघ ९ गते शुक्रबार देशव्यापी मशाल जुलुस प्रदर्शन गर्ने र १० गते नेपाल बन्दको कार्यक्रम तय भएको छ ।

यही पुस २९ गते दिउँसो ३ कञ्चनलाई पार्टी काममा खटिरहेको बेला सरकारले ललितपुरबाट गिरफ्तार गरेको थियो । कञ्चनसँगै ब्युरो सदस्य विवेक र विशाललाई पनि प्रहरीले गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :