भोलिको नेपाल बन्द सफल पार्न नेकपा कैलालीको आह्वान

भोलिको नेपाल बन्द सफल पार्न नेकपा कैलालीको आह्वान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कैलालीले राज्यको गिरफ्तारी र दमनका विरुद्ध पार्टीको केन्द्रीय कार्यक्रमअनुसार भोलि शनिबारका लागि घोषित नेपाल बन्द कार्यक्रम सफल पार्न जिल्लाबासीलाई अपिल गरेको छ ।

जिल्ला सेक्रेटरी करनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यही माघ १० गते आमहडतालसहित नेपाल बन्द कार्यक्रम भएकाले सहयोग गरिदिनुहुन सम्पूर्ण न्यायप्रेमी जनसमुदाय, उद्योगी, व्यवसायी, बुद्धिजीवी, प्राध्यापक, मानवअधिकारकर्मी, नागरिक समाज, पत्रकार, राष्ट्रसेवक कर्मचारी, शिक्षक, युवा विद्यार्थीलगायत कैलालीबासी आमदाजुभाइ तथा दिदीबहिनीहरूमा विशेष अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :