तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु

तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु

काठमाडौँ : उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभावले आज पनि मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ ।

हाल प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । आगामी २४ घन्टा देशको उच्च हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :