दैलेख र धनुषामा नेता कञ्चनको गिरफ्तारीविरुद्ध प्रदर्शन

दैलेख र धनुषामा नेता कञ्चनको गिरफ्तारीविरुद्ध प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दैलेख र धनुषाले पार्टीको केन्द्रीय योजनाअनुसार पार्टीका केन्द्रीय सचिवालय सदस्य कञ्चनलगायत नेता–कार्यकर्ताको गैरकानुनी गिरफ्तारीविरुद्ध बुधबार प्रदर्शन गरेका छन् ।

दैलेखबाट प्राप्त समाचारअनुसार ‘केपीको सामाजिक दलाल सरकार मुर्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, सम्पूर्ण राजबन्दीहरू रिहा गर’ लगायत नारासहित प्रदर्शन भएको जानकारी जिल्ला इन्चार्ज दीपेन्द्रले दिएका छन् ।

यसैबीच धनुषाबाट प्राप्त समाचारअनुसार फासिवादी केपी वली सरकारले नेपाल कम्युनिस्ट पार्टीका पार्टी केन्द्रीय सचिवालय सदस्य कञ्चन, सुदर्शन, वीरजङ्ग, आदर्श, माइला लामा, रणवीरलगायत सयौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरेर हिरासत र जेलमा झूट्टा मुद्दा लगाउने, अदालतले मुद्दा खारेज गर्दा पुनः गिरफ्तार गर्ने गैरन्यायिक फासिवादी कदम चालेको विरोधमा ७ गते जिल्लाको मिथिला नगरपालिकामा प्रदर्शन गरेको छ ।

मिथिला नगर समितिद्वारा आयोजित प्रदर्शन र सभा पार्टी केन्द्रीय सदस्य देवनारायणको प्रमुख आतिथ्य, सुरेश महतोको अध्यक्षता र कपिल साहको उद्घोषणमा सम्पन्न भएको थियो ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य देवनारायणले नयाँबस्तीका सुकुमबासी जनसमुदाय विरोध जुलुसमा सहभागी भई कार्यक्रम सफल भएको भन्दै माघ ९ गते मशाल जुलुस र माघ १० गते घोषित नेपाल बन्द सफल पार्न आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :