गिरफ्तार नेता–कार्यकर्ता रिहा गर्न महासङ्घको माग

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले गत पुस ९ गते काठमाडौँबाट गिरफ्तार गरिएका महासङ्घका केन्द्रीय सदस्य सरोजप्रसाद न्यौपाने र काठमाडौँ जिल्ला अध्यक्ष नारायण तोलाङ्गीलाई बिनासर्त रिहाइको माग गरेको छ ।

महासङ्घका संयोजक विनोद थापाले जिज्ञप्ति जारी गरी गिरफ्तार गरिएका सङ्गठनका नेताहरूलाई बालाजु प्रहरी हिरासतमा राखी झूट्टा मुद्दामा फसाउने तयारी गरिएकोमा तीव्र निन्दा गर्दै बिनासर्त रिहा गर्न माग गरेका छन् । दुवैजनालाई अविलम्ब रिहा नगरिए कडा सङ्घर्ष गर्न बाध्य हुने पनि विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :