नेकपा नेता कञ्चनको रिहाइको माग गर्दै नेकपा रोल्पाद्वारा ६ ठाउँमा प्रदर्शन

नेकपा नेता कञ्चनको रिहाइको माग गर्दै नेकपा रोल्पाद्वारा ६ ठाउँमा प्रदर्शन

काठमाडौँ : नेकपा रोल्पाले पार्टी केन्द्रीय सचिवालय सद्रय धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताको रिहाइको माग गर्दै जिल्लाका ६ ठाउँमा भव्य प्रदर्शन गरेको छ ।

नेकपा रोल्पाले दिएको जानकारीअनुसार जिल्लाका विभिन्न ६ स्थानमा विरोध सभा सम्पन्न गरिएको हो । सामाजिक दलाल पुँजीवादी सरकारले पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख कञ्चन, सुदर्शनका साथै केन्द्रीय सदस्यहरू वीरजङ्ग, विरही, ओमप्रकाश पुन, माइला लामा, आदर्शलगायत नेता–कार्यकर्ताको गिरफ्तारीविरुद्ध ६ स्थानमा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरूले गिरफ्तारीको घोर भत्र्सना गरेका थिए ।

जिल्लाको एक स्थानमा भएको विरोध सभामा सेक्रेटरी विस्फोटले सम्बोधन गर्दै केपी वली नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकारले आफ्नो सत्ता लम्ब्याउनका लागि देश र जनताका लागि अहोरात्र खटिरहेका नेकपाका नेता–कार्यकर्तालाई दमन, धरपकड, गिरफ्तारी र हत्याजस्ता फासिस्ट गतिविधि गरिरहेको र इतिहासका कुनै पनि वादशाहहरू जनताको विद्रोहको अगाडि टिकेको उदाहरण नभएकाले उनको सत्ता पनि तासको घरजस्तै गल्याम–गुर्लुम ढल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :