छात्रालाई होटेलमा लगेर परीक्षा दिन लगाउने र अनैतिक कार्य गर्ने शिक्षकलाई सख्त कारबाही गर्न क्रान्तिकारीको माग

छात्रालाई होटेलमा लगेर परीक्षा दिन लगाउने र अनैतिक कार्य गर्ने शिक्षकलाई सख्त कारबाही गर्न क्रान्तिकारीको माग

काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कास्कीले प्रेस विज्ञप्ति जारी गर्दै मिति २०७७ साल कास्कीको पोखरा महानगरपालिका टुँडिखेलमा रहेको राष्ट्रिय माविमा भएको अङ्ग्रेजी शिक्षातर्फको शैक्षणिक विधि विषयको आंशिक परीक्षामा छात्रालाई विभिन्न प्रलोभनमा पारी शिक्षा नियमावालीविपरीत परीक्षा केन्द्रबाट बाइकमा राखेर होटेलमा लगी परीक्षा दिन लगाउने र मदिरा पिएर अनैतिक क्रियाकलाप गर्ने शिक्षकलाई अविलम्ब कारबाही गर्न माग गरेको छ ।

अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष पवन पुनले जारी गरेको विज्ञप्तिमा उक्त घटनाका दोषी शिक्षक शिशिरकुमार बास्तोकोटी, उक्त अनैतिक कार्य गर्न प्रोत्साहन दिने परीक्षा केन्द्र अध्यक्ष सूर्य तिवारी र परीक्षा केन्द्रका सहअध्यक्ष घनश्याम रेग्मीलाई हदैसम्मको कारबाही गर्न पनि जोडदार माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘२०७७ साल मङ्सिर ११ गते कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १ टुँडिखेलमा रहेको राष्ट्रिय माविमा भएको अङ्ग्रेजी, शिक्षातर्फको शैक्षणिक विधि विषयको आंशिक परीक्षामा छात्रा विद्यार्थीलाई विभिन्न प्रलोभन पारी शिक्षानिवालीविपरीत काम हुने गरी विद्यार्थीलाई परीक्षाकेन्द्रबाट बाइकमा राखेर पोखरा महानगरपालिका वडा नं. ३२ मा पर्ने खोलाछेउको होटेलमा लगी परीक्षा दिन लगाएको, शिक्षकले मदिरा सेवन गरी अनैतिक क्रियाकलाप गरेको पुष्टि हुन आएको र दोषी शिक्षकले विभिन्न मिडियामा गल्ती सहर्ष स्वीकारेको अवस्थामा राज्य मूकदर्शक भएर शिक्षाजस्तो क्षेत्रमा यतिसम्मको चरम लापरबाही हुँदा पनि सम्बन्धित निकाय मौन रहेको हुँदा हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘त्यसकारण शिक्षा नियमावलीविपरीत काम गर्ने, विद्यार्थीमाथि अनैतिक कार्य गर्ने दोषी शिक्षक शिशिरकुमार बस्ताकोटी र उक्त अनैतिक कार्य गर्न प्रोत्साहन दिने परीक्षाकेन्द्रका अध्यक्ष सूर्य तिवारी, परीक्षा केन्द्रका सहअध्यक्ष घनश्याम रेग्मीलाई हदैसम्मको कारबाही गर्न अखिल क्रान्तिकारी सम्बन्धित निकायलाई जोडदार माग गर्दछ । साथै उक्त कार्यको ढाकछोप गरी आलटाल गर्न खोजिएमा आपराधिक मानसिकता बोकेका शैक्षिक माफियाहरूलाई अखिल क्रान्तिकारी यसै विज्ञप्तिमार्फत कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिन चाहन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :