गिरफ्तार गरिएकाहरुलाई रिहा गर : नेकपा

गिरफ्तार गरिएकाहरुलाई रिहा गर : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरोले यही पुष २१ गते मङ्गलबार पार्टी कामको सिलसिलामा रहकोबेला आफ्नो पार्टीका उपत्यका ब्युरो सदस्य एवम काठमाडौं जिल्ला सेक्रेटरी पवनलगायतलाई गिरफ्तार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

नेकपाका उपत्यका ब्युरो इन्चार्ज भरतले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै केपी–बादलको सामाजिक फासिवादी गृहप्रशासनले पवन लगायत ४ जनालाई प्रहरीले गिरफ्तार गरेकोले उनीहरुको यथाशीघ्र रिहाइको लागि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :