मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको शानदार जित

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको शानदार जित

एजेन्सी : लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा शानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

बिल्बाओको मैदानमा कप्तान लियोनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले पुनरागमन जित निकालेको हो । खेलको तेस्रो मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई अग्रता दिलाएका थिए । तर, खेलको १४औँ मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा फर्काए ।

३८औँ मिनेटमा र दोस्रो हाफको ६२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मेस्सीले बार्सिलोनालाई अग्रता दिलाए । त्यसपछि खेलको ९०औं मिनेटमा बिल्बाओका इकर मुनियनले एक गोल फर्काएपनि बार्सिलोना ३–२ ले विजयी भयो ।

बिल्बाओलाई हराएसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले १७ खेलमा ३१ अंक जोडेको छ । बिल्बाओ २१ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :