नेपालमा आज ६०० जना कोरोना सङ्क्रमित निको भए, मृतकको सङ्ख्या १,८४७ पुग्यो

नेपालमा आज ६०० जना कोरोना सङ्क्रमित निको भए, मृतकको सङ्ख्या १,८४७ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ६०० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ५१ हजार ९१२ पुगेको छ । यो कुल सङ्क्रमितको ९६ दशमलब ९ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा जम्मा ५११ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा भक्तपुर ३८, ललितपुर ४९ र काठमाडौँ २२५ गरी जम्मा काठमाडौँ उपत्यकामा ३१२ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ५ हजार ११० नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ६० हजार ५९ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ७ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ८४७ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ३०० रहेको छ । त्यसमा आई.सी.यु.मा २१७ जना र भेन्टिलेटरमा ३७ जनाको उपचार भइरहेको छ । यसैगरी संस्थागत आइसोलेसनमा ३ हजार ४७७, होम आइसोलेसनमा २ हजार ८२३ जना र क्वारेन्टाइनमा ३६२ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :