विद्यार्थी अभियान सुरु

विद्यार्थी अभियान सुरु

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ सङ्गठन अखिल क्रान्तिकारी अर्घाखाँचीले विद्यार्थी अभियान सुरु गरेको छ । आइतबार अभियानका क्रममा जिल्लास्थित ज्ञानप्रकाश मावि डिभर्नामा ३५ सदस्यीय एकाइ समिति निर्माण गरिएको क्रान्तिकारीले जनाएको छ ।

‘शैक्षिक गुणस्तर सुधार र शिक्षालयमा हुने भ्रष्टाचारका विरुद्ध अखिल क्रान्तिकारी अर्घाखाँचीको विद्यार्थी अभियान’ नारासहित अभियानको उद्घाटन गरिएको छ । अभियान उद्घाटन गर्दै जिल्ला अध्यक्ष नवीन खड्काले विद्यालयमा हुने भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीका विरुद्ध सङ्घर्ष गर्ने बताए । उनले सरकारले भ्रष्टाचारी, बलात्कारी, दलाल, शैक्षिक माफिया, मेडिकल माफियाहरूको रक्षा गरेको र श्रमिक वर्गमाथि प्रतिबन्ध लगाएर दमन गरेको बताउँदै यसका विरुद्ध सबैले प्रतिरोध गर्नु आवश्यक भएको बताए । आइतबारदेखि सुरु भएको विद्यार्थी अभियान जिल्लाभरिका सम्पूर्ण बिद्यालयमा पुग्ने र शैक्षिक माफियाका विरुद्ध सङ्घर्ष चर्काउने खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :