पोर्चुगलमा मनाइयो माओको १२८ औँ जन्मदिवस

पोर्चुगलमा मनाइयो माओको १२८ औँ जन्मदिवस

काठमाडौँ : नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलको विस्तारित बैठक भव्यताका साथ सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।

विश्व सर्वहारा वर्गका महान् नेता माओको १२८ औँ जन्मदिवसका अवसरमा सम्पन्न उक्त भेलामा नेपाली जनप्रगतिशील मोर्चाका विश्वभरिका नेताहरूले शुभकामना पठाएका थिए । नेपाली जनजाति सरोकार मञ्च बेल्जियमका अध्यक्ष बदन योङहाङ, नेपाली जनप्रगतिशील मोर्चा स्पेनका संयोजक ईश्वर शर्मा, जर्मनीका अध्यक्ष शेरबहादुर तुम्बापो, बेल्जियमका अध्यक्ष मेख गुरु ङ, अमेरिकाका संयोजक विश्वबहादुर शाह, मलेसियाका सचिव खगेन्द्र भट्टराई, साउदीका महासचिव टीकाराम ओली र युरोपका अध्यक्ष विष्णु भुजेलले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेको प्राप्त समाचारमा जनाइएको छ ।

उक्त अवसरमा विशेष अतिथिका तर्फबाट मन्तव्य राख्दै जनजागरण अभियानका सचिव नरबहादुर कार्कीले भने, ‘वर्तमान चीनको सफलताको पछाडि माओको योगदान रहेको चर्चा गर्दै अब एकीकृत जनक्रान्तिले राजनीतिक मूल्याङ्कन र सफलतामा मात्र रहेर पुग्दैन, राष्ट्रिय परिस्थितिले अहिले हस्तक्षेपमुखी कार्यक्रमहरू अगाडि ल्याउन आमजनसमुदायले दिएको दबाबलाई भेट्ने कार्यक्रम ल्याउनुपर्छ । वैज्ञानिक समाजवादको अवधारणा हामीले आमजनसमुदायमाझ लैजानुपर्छ ।’

उनले भने, ‘युवा बिदेसिनुको कारण नेपाली राज्यसत्ताले जनतामाथि थोपरेको आर्थिक शोषणको उपज हो भन्ने कुरालाई उजागर गर्नुपर्छ । नेपालमा किस्ताबन्दीमा दिइएका धोकाधडीबाट नेपाली जनता आतङ्कित छन् । यो अवस्थाले नेकपालाई देशको समग्र नेतृत्व लिनका लागि मार्गप्रसस्त गरेको छ ।’

उक्त अवसरमा मोर्चाको मलेसिया सेलाङ क्षेत्रीय समितिका संयोजक बुद्धिराम भुसालले सीमामा लालझन्डा गाड्नु छ शीर्षक कविता बाचन गरेका थिए ।

उक्त भेलामा मोर्चाका सचिव प्रकाश बस्यालले कार्यप्रगति विवरण, कोषाध्यक्ष भुवन सिंखडाले आर्थिक र उपाध्यक्ष टङ्क खड्काले आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन छलफल गरी पारित गरिएको जनाइएको छ ।

भेलाले सुनिल वस्ती र आरके चौधरीलाई केन्द्रीय सदस्यमा थप गरेको छ । अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरू यथावत् रहने गरी निरन्तरता दिइएको मोर्चाले जनाएको छ । उक्त भेलाको सञ्चालन मोर्चाका महासचिव प्रदीप अधिकारीले गरेका थिए भने उपाध्यक्ष टङ्क खड्काले स्वागत गरेका थिए । नवनिर्वाीचत कार्यसमितिलाई मोर्चाको युरोप सल्लाहकार रामबहादुर गुरुङले बधाई दिएका थिए । कार्यक्रमको अध्यक्षता गरेका मोर्चाका अध्यक्ष पूर्णबहादुर विकले प्रतिबद्धता मन्तव्य दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :