न्याय हेल्थ बयलपाटाका नाममा जनसरकारको २० दिने पुर्जी

न्याय हेल्थ बयलपाटाका नाममा जनसरकारको २० दिने पुर्जी

अछाम : जिल्ला जनपरिषद् अछामले बयालबाटास्थित न्याय हेल्थ प्रमुखलाई पत्र लेख्दै २० दिने पुर्जी जारी गरेको छ । जिल्ला जनपरिषद्का प्रमुख निरक शाहीले जिल्ला जनपरिषद्को कार्यालयमा न्याय हेल्थ नेपाल बयलपाटा अछाम अस्पतालभित्र अपारदर्शिता, अनियमितता र जबाफदेहीको विषयलाई लिएर पटकपटक मौखिक तथा लिखित उजुरी आएपछि उक्त विषयमा छानबिन र सोधपुछ गर्नका लागि २० दिने पुर्जी काटिएको उल्लेख गरेका छन् ।

उनको ‘कागजातसहित उपस्थित हुनेबारे’ शीर्षकको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयका सम्बन्धमा अछाम जिल्ला जनपरिषद्को कार्यालयमा न्याय हेल्थ नेपाल बयलपाटा अछाममा अस्पतालभित्र अपारदर्शिता, अनियमितता, जबाफदेहिताको विषयलाई लिएर पटकपटक मौखिक तथा लिखित उजुरी आएको हुँदा उक्त विषय छानबिन र सोधपुछ गर्नुपर्ने भएकाले यो पत्र लेखेको मितिले २० दिनभित्र सम्पूर्ण वास्तविक विवरण खुल्ने कागजातसहित जनपरिषद्को कार्यालयमा उपस्थित हुन यो पत्र जारी गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :