ला लिगामा बार्सिलोना शीर्ष ५ मा उक्लिन सफल

ला लिगामा बार्सिलोना शीर्ष ५ मा उक्लिन सफल

एजेन्सी : स्पेनिस लिगाको शीर्ष स्थानमा रहेको रियल सोसिडाडलाई बार्सिलोनाले पराजित गरेको छ । बुधबार राति नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ला लिगाको शीर्ष क्लब रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितपछि रियल सोसिडाडले शीर्ष स्थान गुमाएको छ । सोसिडाड तालिकाको दोस्रो स्थानमा झरेको छ भने बार्सिलोना शीर्ष ५ मा उक्लिन सफल भएको छ ।

पाहुना टोली सोसिडाकोे डी सिल्भाले गोल गर्दै खेलमा अग्रता लिएका थिए । त्यसको चार मिनेटपछि जोर्डी अल्बाले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । पहिलो हाफ सकिन तीन मिनेटअघि डी जोङले गोल गर्दै बार्सिलोनालाई २–१ ले अग्रता दिलायो र जोङको सोही गोल नै निर्णायक बन्यो ।

बार्सिलोनाले सोसिडाड सहितका शीर्ष क्लबहरु एट्लेटिको मड्रिड, रियल मड्रिडसँग समेत अंक दूरी घटाएको छ । शीर्ष तीन क्लबको समान २६ अंक छ । पाँचौ स्थानको बार्सिलोनाले २० अंक जोडेको छ । पछिल्लो नतिजाले सोसिडाडले लिगमा तीन अंकको अग्रता लिने अवसर गुमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :