नेपालमा आज ८४७ जना कोरोना सङ्क्रमित निको भए, मृतकको सङ्ख्या १,७४३ पुग्यो

नेपालमा आज ८४७ जना कोरोना सङ्क्रमित निको भए, मृतकको सङ्ख्या १,७४३ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ८४७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ३९ हजार ४१६ पुगेको छ । यो कुल सङ्क्रमितको ९५ दशमलब ४ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा २९१ महिला र ४४५ पुरुष गरी जम्मा ७३६ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा १६३ महिला र २२८ पुरुष गरी जम्मा काठमाडौँ उपत्यकामा ३९१ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ५ हजार ५५५ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप १३ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ७४३ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ७५७ रहेको छ । त्यसमा आई.सी.यु.मा २८९ जना र भेन्टिलेटरमा ५९ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा ६ हजार ९४ जना र क्वारेन्टाइनमा ४५२ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्लाहरु : काठमाडौँ, ललितपुर र कास्की रहेका छन् भने सून्य सङ्क्रमित भएको जिल्ला मनाङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :