धौलागिरीका सबै जिल्लाहरु बिहानैदेखी बन्द

धौलागिरीका सबै जिल्लाहरु बिहानैदेखी बन्द

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीका जिल्ला सदस्य जगेन्द्र पुन ‘जगत’को कारागारमा रहेको अवस्थामा मृत्यु भएको विरोधमा विद्रोही नेपाल कम्युनिष्ट पार्टी धौलागिरी ब्यूरोले आयोजना गरेको धौलागिरी बन्दको प्रभाव ब्युरो अन्तर्गतका सबै जिल्लाहरुमा परेको छ ।

नेकपाले गरेको बन्दकोकारण त्यसक्षेत्रमा बिहानैदेखि सार्वजनिक यातायात, उद्योग कलकारखाना, शिक्षण संस्थाहरु बन्द भएका छन् । बन्दको प्रभाव ब्युरो अन्तर्गतका जिल्लाहरु सबै जिल्लाहरुमा परेको छ । तर बन्दमा अति आवश्यकीय सवारी साधनहरु एम्बुलेन्स, दुध र पानीका गाडी, बारुणयन्त्र आदिमा भने रोक नलगाइएको बन्दकर्ताहरुले बताएका छन् ।

नेकपाले आफ्नो पार्टीका जिल्ला सदस्य तथा जनसरकार प्रमुख जगेन्द्र पुन ‘जगत’को कारागारमा रहेको अवस्थामा अस्वभाविक मृत्यु भएको भन्दै त्यसको विरुद्ध ब्युरो अन्तर्गतका जिल्लाहरु बन्दको घोषणा गरेको हो ।

धौलागिरी ब्यूरो इन्चार्ज राजनले बिहिबार एक वक्तव्य जारी गर्दै धौलागिरीमा बन्दको आव्हान गरेका थिए । इन्चार्ज राजनले जारी गरेको विज्ञप्तिमा विभिन्न वाहनामा पटक–पटक गिरफ्तार, हिरासत र जेल जीवन बिताई रहनु भएका म्याग्दीका लोकप्रिय नेता जगेन्द्र पुन ‘जगत’को अस्वभाविक मृत्यु भएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका थिए । नेता जगत राज्यको नियन्त्रणमा रहँदा मानसिक तथा शारीरिक यातनाका कारण विरामी भई उपचारका क्रममा मंसिर २९ गते मृत्यु भएको उनको पारिवारीक श्रोतले बताएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा निधन भएका म्याग्दी जनसरकार प्रमुख समेत रहेका जगतको शव आजसम्म पनि परिवारजनले बुझ्न मानेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :