विश्वभर एकैदिन कोरोनाबाट १२ हजार ५३१ जनाको ज्यान गयो, ५ लाख ८० हजार सङ्क्रमित थपिए

विश्वभर एकैदिन कोरोनाबाट १२ हजार ५३१ जनाको ज्यान गयो, ५ लाख ८० हजार सङ्क्रमित थपिए

काठमाडौँ : विश्वमा बुधबार बिहानसम्म कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १६ लाख ४० हजार ५२६ पुगेको छ । गत २४ घन्टामा १२ हजार ५३१ जना सङ्क्रमितको मृत्यु भएको छ ।

प्राप्त समाचारअनुसार गत २४ घन्टामा ५ लाख ८० हजार ९९२ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ७ करोड ३७ लाख ८४ हजार ४७४ पुगेको छ । २ करोड ३ लाख ५७ हजार १८ सक्रिय सङ्क्रमितमध्ये १ लाख १७ हजार १७८ जना गम्भीर बिरामी रहेको जनाइएको छ ।

विश्वमा अहिलेसम्म ५ करोड १७ लाख ८६ हजार ९३० जना सङ्क्रमणमुक्त भएका छन् । सबैभन्दा धेरै सङ्क्रमण फैलिएको अमेरिकामा सङ्क्रमित सङ्ख्या १ करोड ७१ लाख ४० हजार ८८० पुगेको छ । अहिलेसम्म त्यहाँ ३ लाख ११ हजार २४ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :