हामी यात्री

हामी यात्री

हामी यात्री एकीकृत जनक्रान्तिको
कोर्दै अगाडि बढौँ यात्रा मुक्तिपथको
तुफान हो यो रोकेर रोकिँदैन
जबसम्म सफलताले गगन चुम्दैन
चट्टान हो यो कसैले गलाउन सक्दैन
जबसम्म रातो ध्वजाले धर्ती रङ्गिँदैन ।
हामीलाई अविश्वास रत्तिभर छैन
झुक्न कहिल्यै यो जान्दै–जान्दैन
सत्यको प्रण छ, यही ठट्टा छैन ।
हामीले खाएको मुक्तिको साथमा द्विविधा छैन ।
हजारौँ माइलको यात्रा पनि
सरल र सपाट बन्दछ
भीमकाय अजङ्गका पहाड पनि
सत्यका सामु झुक्न बाध्य बन्दछ
भन्छन् क्रान्तिको यात्रा कठिन हुन्छ
सर्वसिद्ध छ तर असम्भव छैन
अन्ततः क्रान्ति विजयी बन्छ, तथ्यले भन्छ
जसमा असत्यको भ्रम छैन
सत्यको कसी व्यवहारमा हुन्छ
सुखसयलको जीवन नकार्नुपर्छ
मुक्तिको सपना साकार पार्नुछ भने
पहाडै टकराउन खोजे पनि स्वीकार्नुपर्छ
क्रान्तिको मैदानमा लुकामारी खेल्दै बढ्दा
जीवन जिउने साध्य भेटिन्छ
एकनास हुन्न यात्रा सदा
सुद र दुःखको संयोगबाट बढेको हुन्छ
अविचलित बनी यात्रा गर्दा
गन्तव्यमा पुग्ने यात्रा सरल बनिदिन्छ
क्रान्तिका आरोह–अवरोह छिचोल्दै जाँदा
अन्ततः वैज्ञानिक समाजवादमा पुगिन्छ
हामी यात्री एकिकृत जनक्रान्तिका
कोर्दै अगाडि बढौँ यात्रा मुक्तिपथको ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :