मार्क्सवादको जित

मार्क्सवादको जित

उत्पीडित राष्ट्र र जातिमा हेर असमानताको सञ्जाल छ
श्रमजीवी जनताहरूमा हेर गरिबीको हाहाकार छ
विश्वका कुनाकप्चामा हेर, दलाल पुँजीवादको अत्याचार छ
यो सबैलाई चुनौती दिने एउटै विचार मार्क्सवाद छ ।

जति ओर्काइफर्काइ हेर गुनाको मुख कालै छ
जति सम्मान दिएर हेर दलाल शासकको मन कालै छ
सहर–बजार जहाँ हेर पुँजीवादले जालैजाल फालेको छ
पुँजीवाद जहाँ छ हेर मार्क्सवादले हामफालेकै हुन्छ
वर्गवादी शासनमा हेर शोषण–दमन हुन्छ–हुन्छ
शोषण र विभेद जहाँ छ हेर विरोध र विद्रोह हुन्छ–हुन्छ
विद्रोह र दमन जहाँ छ हेर मार्क्सवाद त्यहाँ हुन्छ–हुन्छ
मार्क्सवाद जहाँ छ हेर क्रान्ति त्यहाँ हुन्छ–हुन्छ ।

भ्रमको खेती कति गर्छौ र उम्रने जमिन नै नभएपछि
के हुन्छ गोयबल्स बन्न खोजेर हिटलर नै यहाँ नभएपछि
हार्नु त थियो नै तिमीले विचार र आस्था छोडेपछि
पश्चाताप त हुने नै थियो तिमीलाई पराइलाई साथ दिएपछि
पुगिँदैन समाजवादमा कहिल्यै पुँजीवादको घोडा चढेपछि
सूर्यलाई हत्केलाले छेक्न नखोज त्यो तिम्रो दुस्साहस मात्रै हुन्छ
क्रान्तिलाई बलजफ्ती रोक्न नखोज त्यसैमा तिम्रो विनाश हुन्छ
जित र हारको कुरा नगर असत्य सधैँ हारेकै हुन्छ
जति दमन गर्छौ गर मार्क्सवाद सधैँ जीवितै हुन्छ
हरेस नखाऊ साथी रणमैदानमा क्रान्ति यहाँ हुन्छ–हुन्छ
दैत्यराज ढल्दैछ यहाँ चैतन्यराज आउँछ–आउँछ
पुँजीवादले हार खाइसक्यो यहाँ मार्क्सवादको जित हुन्छ–हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :