नेपालमा आज १,३५९ कोरोना संङ्क्रमित निको भए,८९९जना थपिए, १५ जनाको मृत्यु,

नेपालमा आज १,३५९ कोरोना संङ्क्रमित निको भए,८९९जना थपिए, १५ जनाको मृत्यु,

काठमाडौँ :  नेपालमा पछिल्लो २४ घन्टामा ८९९ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ४७ हजार ५९३ पुगेको छ । आज देशभरी संक्रिय संङ्क्रमितको संख्या ११ हजार ६७३ रहेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप १५ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ६८९ पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार ३५९ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या भने २ लाख ३४ हजार २३१पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :