सतिसाल बन्न प्रेरणा दिने हिरासत–सम्झना

सतिसाल बन्न प्रेरणा दिने हिरासत–सम्झना

झापामा जिम्मेवारी समालेको ९ महिना बितिसकेको थियो । आक्कलझुक्कलबाहेक मजाले परिवारसँग फोनमा समेत कुरा गर्ने अनुकूलता मिलिराखेकोे थिएन । भेटघाटको त झन् कुरै भएन । ओम पुनको नेतृत्वमा पूर्वमा अभियान चलिरहेको थियो । राज्यले दमनको योजना बनाइरहेको आभास मिल्थ्यो । हाम्रो राजनीतिक अभियानमा अवरोध र बल प्रयोग हुन थालेका थिए । केही साथीहरू गिरफ्तार हुँदै हुनुहुन्थ्यो । राज्यका एजेन्टहरूले विभिन्न सूत्रबाट हामीलाई दमनको तरबार देखाएर तर्साउने प्रयत्न गरिरहेका थिए ।

जनयुद्ध दिवसका अवसरमा इलाममा भएको विशाल जनसभापछि उनीहरू (राज्य पक्ष) थप त्रसित भएको आभास हुन्थ्यो । फागुन ५ गते झापा सदरमुकाम चन्द्रगढीमा जनसभा थियो । हामी उक्त सभाको तयारीमा थियौँ । सभामा हस्तक्षेप हुनसक्ने सङ्केत पाएकाले सचेत पहल र उच्च सतर्कताका साथ तयारी गरेका थियौँ । प्रशासनबाट भएको सामान्य अवरोधलाई डीएसपी महेन्द्र श्रेष्ठसँगको कुराकानीपछि सहजताका साथ भव्य रूपले सम्पन्न गरियो । सुमन सिंह र म लगत्तै काठमाडौँ जाने, प्रकाशनको काम गर्ने र पारिवारिक भेटघाट गर्ने योजना पूरा हुन पाएन । म अन्य कामको चापले झापामै रहने र सुमनसिंह प्रकाशनको कामले काठमाडौँ जाने निश्चित भयो । भरे–भोलि भन्दाभन्दै प्रतिबन्धपछि पारिवारिक भेटघाट गर्ने कुनै अनुकूल समय मिलिरहेको थिएन ।

एक महिनाअघिबाटै अस्मिताजीको स्वास्थ्य अवस्था गम्भीर भएको खबर आइरहेको थियो । पार्टी कामको तीव्रता र जिम्मेवारी पन्छाएर पारिवारिक भेटघाटमा जान सकिरहेको थिइनँ । नानीबाबुहरूको व्यवस्थापन र प्रतिकूल स्वास्थ्य अवस्थालाई अस्मिताजीले चिर्दै हुनुहुन्थ्यो । प्रत्यक्ष र परोक्ष पार्टी केन्द्रीय सदस्य दाइ अनिल विरही र ब्युरो इन्चार्ज दिदी शिलुको सुझाव र सहयोगले मलाई भरथेग गरेकै थियो । भदौ २६ गते बेलुका ८ बजे नारायणघाटको बस चढाएर सञ्जय पार्टी काममा लाग्नुभयो । दाइ टीका पोखरेल र अनुल सारुमगर पार्टी कामकै सिलसिलामा दक्षिणी झापा झर्ने कुरा थियो । सङ्घर्षको तीव्रतासँगै राज्यको नाङ्गो दमन, धरपकड चलिराखेकै थियो । क. कुमार, क. निरकुमार, क. राजुलगायतको बलिदान अनि झापाली जनताको सहयोगले निरन्तर वर्गप्रतिको प्रतिबद्धतासहित क्रान्तिको बाँकी कार्यभार पूरा गर्न थप उत्प्रेरणा थपेको थियो ।

२७ गते भरतपुर क्यान्सर अस्पतालमा बाएप्सी गरी २८ गते अस्मिताजीलाई काठमाडौँ पुर्याई नानी र बाबुसँग भेटेर २९ गते बिहानै पूर्व लागेको थिएँ म । लामो समयपछिको भेटले नानी र बाबु बस्न कर गरिरहेका थिए । रोग प्रतिरोध गरिरहेकी अस्मिताजीको मुहारमा केही दिन बसिदिए हुन्थ्यो भन्ने भाव प्रस्ट देखिए पनि केही भन्न सक्नुभएको थिएन । सुमनले अस्मिताजीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएसँगै बाएप्सीको रिपोर्ट आएपछि के गर्नुपर्ने गरी भाउजूलाइ आराम गर्न लगाएर काममा फर्किन सुझाउनुभएको थियो । रातको ९ः४५ बजे बिर्तामोड झरियो । मसँग कुनै सवारीसाधन थिएन । दाइ टीका पोखरेललाई लिन आउन भनेँ । उहासँगै भाइ अनिल र म बासस्थानतिर लागियो ।

केही बुद्धिजीवी र कर्मचारीसँगको छलफल ३० गते थियो । बिहान ८ बजे पूर्वनिर्धारित भेटघाट, छलफल कार्यक्रममा लाग्यौँ । यात्राले थाकेर होला सायद दाइले साधन चलाउनुभयो । म पछि बसेँ । अरू बेला प्रायः म साधन चलाउँथेँ । बिर्ताबजारको पश्चिमपट्टि के पुगेको के हुँदो हो, ३ वटा मोटरसाइकलको घेरामा परियो । दाइले अत्तालिँदै केकसो गर्ने भन्नुभयो । मैले परिस्थिति हेरीकन गाडी रोक्न र नभाग्न भनेँ किनकि हामी ९ जना हतियारधारी सादा पोसाकका प्रहरीको घेरामा परिसकेका थियौँ । हामीसँग प्रतिरोधका लागि जनताको मुक्तिको सपना, विचार र दृष्टिकोणबाहेक अन्य कुनै भौतिक हतियार थिएन । अश्लील शब्दका वर्षासँगै हतकडीहरू भिराइए । कोहि कुमार पौडेल बनाउने भन्थे भने कोही नीरकुमार बनाइदिने ऐलान गर्दै थिए ।

रातको १२ बजेको हुनुपर्छ, दाइ टीकालाइ प्रहरी भ्यानमा राखेर कतै लगे । मलाई के गर्लान् भन्ने सोचिरहेको थिएँ । चारआली चौकीका प्रमुखले तपाईंहरू त एक तला माथि बस्नु हुँदो रैछ है ! युद्ध जितेको योद्धाले व्यक्त गरेको खुसीझैँ हाँसेर मलाई प्रश्न गरे । मलाई कतै कोठामा त पुगेनन् भन्ने शङ्का के लागेको थियो, भाइ अनिललाई लतार्दै प्रहरी भ्यानबाट उतारे । म छाँगाबाट खसेजस्तै भएँ । ब्युरो इन्चार्जको निर्देशन सम्झिएँ । मेरो थोरै सचेतता भएको भए राजनीतिक सामग्री फस्ने थिएन भन्ने कल्पना गरेँ । मेरो कमजोरीप्रति गम्भीर आत्मसमीक्षा गरेँ । अनिल र मलाइ प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय पुर्याए ।

मैले गिरफ्तारीप्रति गर्व रहेको बताउँदै मृत्युु स्वीकार्न तयार रहेको बताएँ । गाली नगर्न र मर्यादामा बस्न भनेँ । ५ मिनेट नबित्तै सयौँ सर्वसाधारणले घेरा हालिसकेका थिए । कोही चोर हो कि भन्थे । कोही के–के लख काट्दै थिए । प्रहरीमध्येकै केहीले फोन गरेर गाडी मगाउँदै थिए । केहीचाहिँ आतङ्ककारी हुन् । भागे मार्छाैं भनेर जनतालाई समेत त्रसित पार्दै थिए । करिब ७–८ मिनेटपछि सेतो बोलेरो (जुन बोलेरो र टिमले शिलु र सुमनसमेत गिरफ्तार गरेको रहेछ) र ६–७ जना सादा पोसाकका थप प्रहरी आए जसको नेतृत्व प्रदेश कार्यालयबाटै खटिएका बबिन्द्र नेम्बाङले गरेका रहेछन् । उनीहरूले गाडीमा राख्ने तरखर गरे । जनताले फोटो र भिडियो खिचेको देखिरहेको थिएँ । मलाई हाम्रो गिरफ्तारीभन्दा पनि त्यही दिन भेटघाटको समय मिलाएको ब्युरो इन्चार्ज फस्नुहुन्छ कि भन्नेमा चिन्ता थियो । हाम्रा फोन उनीहरू रिसिभ गर्दै थिए । जब गाडीमा राख्ने तरखर गरे हामीले नारा लगायौँ :

एकीकृत जनक्रान्ति– जिन्दावाद
नेपाल कम्युनिस्ट पार्टी– जिन्दावाद
महासचिव क. विप्लव– लालसलाम

गाडीमा राखेपछि आँखामा पट्टी बाँधियो । हतकडीहरू भिराइएकै थिए । कुनै अप्रिय घटना त घटाउँदैनन् ? मनमा शङ्का थियो तर १०–१२ मिनेटजति पछि पट्टी खोलियो । हामीलाई चारआली चौकी लगिएछ । हामीलाइ फरकफरक कोठामा राखियो । कोठामा बसेको १०–१५ मिनेट भएको हुँदो हो, १ जनाले बबिन्द्र नेम्बाङलाई कसरी फोटोसहित पक्राउ गरेको खबर बाहिरियो भनेर कडा स्वरमा हपारेको सुनेँ । पत्रकारलगायत कसैलाई कुनै सूचना नदिन उनले सचेत गराए । मैले हाम्रो गिरफ्तारीको सूचना सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने जनतालाई धन्यवाद दिएँ भने यो सूचनाले नेतृत्व पक्राउ हुनबाट जोगिने विश्वास लिएँ ।

रातको ९ः४५ सम्म कसैले भेटेन । एकपटक मेरै बोलाहटपछि शौचालय लगियो । भोक, प्यास र चिन्ताले शिथिल थिएँ । रोग प्रतिरोध गरिरहेकी अस्मिताजीलाई कति पीडा भयो होला, कल्पना गरिरहन्थेँ म । सायद रातको १०–११ बजेको हुँदो हो, १ जना महिला प्रहरी आएर दाइ इलाम हो घर ? भनिन् । मैले टाउको हल्लाएर हो भन्ने सङ्केत गरेँ । घरको नम्बर भए छिटो दिनु सम्पर्क गरिदिन्छु, थाहा पाए मलाई पनि कारबाही गर्छन् भनिन् । नम्बर दिएँ । उनले खबर गरिन् कि गरिनन्, थाहा भएन तर प्रहरीभित्र पनि हाम्रो वर्गप्रति विश्वास गर्ने मानिस रहेछन् भन्ने महसुस गरेँ ।

नमस्कार छ है कमरेड भन्दै एक प्रहरी अधिकारी देखापरे । उनी काँकडभिट्टाका डीएसपी रहेछन् । अनौपचारिक कुरा गर्न आएको भनी धेरै राजनीतिक प्रश्न गरे । अब क्रान्ति नहुने र पार नलाग्ने भनी आफ्नो मत राखे । मैले हाम्रो दृष्टिकोण, एकीकृत जनक्रान्तिको सान्दर्भिकता र जनताको समर्थन एवम् हाम्रो कार्यक्रमबारे सङ्क्षिप्तमा विषय राखेँ । उनले कुरा ठिकै भए पनि एक्लो वृहस्पतिको प्रकाश शून्य हुने कुरा गरे । साथै राजनीतिक अभियान छोडेर भ्रष्टाचारविरुद्ध सामाजिक अभियान थाल्न भनेँ । मैले राज्यसत्ता र सरकार, आन्दोलन र क्रान्तिबीचको बुझाइ, भ्रम र फरकबारे चर्चा गरेँ । क्रान्तिको अनिवार्यता एवम् एकीकृत जनक्रान्तिको सान्दर्भिकतासहित नेपाल प्रहरीभित्रका विकृति र विसङ्गति पनि क्रान्तिले मात्र हल गर्ने कुरा राख्दै ०४७ पछिका रवीन्द्रप्रताप शाहबाहेकका प्रायः सबै प्रहरी प्रमुखहरू कि त जेलमा परेको कि त भ्रष्टाचारको मुद्दा खेपिरहेको मात्र हैन, वर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनालसमेत बर्दी र बुटकाण्डमा मुद्दा खेपिरहेको प्रसङ्ग कोट्ट्याउँदै भ्रष्ट प्रहरी अधिकृतहरूलाई बहिष्कार गर्न अनुरोध गरेँ । करिब १ घन्टाको कुराकानीपछि राजनीतिक भविष्यको शुभकामना छ कमरेड भन्दै बाहिरिए उनी ।

प्रतिबन्ध लागेपछि हाम्रो बसाइ जनताकै घरमा हुने गथ्र्याे । औपचारिक रूपले घर वा कोठामा वस्ने कुनै अवस्थै थिएन । बिर्तामोड आर्कको सेक्रेटरी हुँदै माघतिर एउटा कोठा लिएको थिएँ । कहिलेकहीँ प्रतिकूल अवस्थामा उपयोग गर्न सकिन्छ भन्ने उद्देश्य थियो । केही जोर कपडा, २०० जति किताबहरू र जिल्ला पार्टीको महत्वपूर्ण कागजात राखेको थिएँ । महिनामा १–२ पटकभन्दा बढी आवातजावत पनि थिएन । जिल्ला इन्चार्ज ताराले छिटै अन्यत्र सार्नुपर्छ भन्नुभएको थियो । परिस्थितिको जटिलता बुझे पनि उपयुुक्त ठाउँमा सामान सार्छु भन्दाभन्दै कामको चापले सम्भव भएको थिएन । जिल्ला इन्चार्जमा सुमन आएपछि यो कुरा भन्नेसमेत मेसो मिलेको थिएन । ब्युरो कार्यलयको कामको चापले उहाँ फुर्सदमा हुनुहुन्थेन भने मेरो हालत पनि उस्तै थियो । हामी आवश्यक सरसल्लाह पनि फोनमै गरिराखेका थियौँ । गिरफ्तारीको १५–२० दिनअघि कुनै प्रसङ्गमा सुरक्षाप्रति चिन्तित हुँदै ब्युरो इन्चार्ज शिलुले राजनीतिक सामग्रीको एकै ठाउँ केन्द्रीकरण नगर्न, कोठा भए बन्द गर्न र जनताकै निगरानीमा जनताकै घरमा आश्रय लिन कडा निर्देशन दिनुभएको थियो ।

विदेशी नागरिकलाई लाखौँलाख पैसा खाएर नागरिकता बेच्ने कथित जनप्रतिनिधि र भ्रष्ट कर्मचारीमाथि झापाली जनताको प्रतिरोध तीव्र बनिरहेको थियो । एनसेल प्रकरणसँगै देशभर जनताले प्रतिरोध सङ्घर्ष उच्च स्तरमा गरिरहेका थिए । झापा वामपन्थी चेतले प्रशिक्षित भएकाले त्यसको प्रभाव नपर्ने कुरै भएन । सहकारीका नाममा मुठीभर सञ्चालकहरूले जनताको पैसा सोहोरेर आफू मालिक र पैसाको वास्तविक हकदार जनताहरू रैतीका रूपमा पिसिइरहेका थिए । हल्दिबारीमा सहकारीकै किस्ता तिर्नुपर्ने दबाबका कारण एकजना व्यक्तिले आत्महत्या गरेको समाचारले झापाका केही दलाल सहकारीहरूप्रति जनता आक्रोशित थिए । हाम्रो पार्टीले यसै सन्दर्भमा यी सबै विषयमा झापाली जनतालाई सङ्घर्षमा उत्रिन अपिल गर्नुका साथै भएका र हुँदै गरेका न्यायपूर्ण सङ्घर्षप्रति ऐक्यबद्धता व्यक्त गरेको थियो । सँगै जनताले स्वतस्फूर्त जनकारबाही गरेका समाचार एकपछि अर्काे गर्दै आइरहेका थिए । राज्य जनताको न्यायिक आवाजलाई सम्बोधन गर्नुको सट्टा भएका र हुँदै गरेका सङ्घर्षलाई हामीमाथि खन्याएर दमनको डन्डा चलाउने र जनप्रतिरोध एवम् जनआक्रोशलाई मत्थर गरी परिस्थितिलाई विषयान्तर गर्ने योजनामा थियो । राज्यको त्यही नियोजित योजनाअन्तर्गत नै हामीमाथि वारेन्ट जारी भएको कुरा कसैमा छिपेको थिएन ।

रातको १२ बजेको हुनुपर्छ, दाइ टीकालाइ प्रहरी भ्यानमा राखेर कतै लगे । मलाई के गर्लान् भन्ने सोचिरहेको थिएँ । चारआली चौकीका प्रमुखले तपाईंहरू त एक तला माथि बस्नु हुँदो रैछ है ! युद्ध जितेको योद्धाले व्यक्त गरेको खुसीझैँ हाँसेर मलाई प्रश्न गरे । मलाई कतै कोठामा त पुगेनन् भन्ने शङ्का के लागेको थियो, भाइ अनिललाई लतार्दै प्रहरी भ्यानबाट उतारे । म छाँगाबाट खसेजस्तै भएँ । ब्युरो इन्चार्जको निर्देशन सम्झिएँ । मेरो थोरै सचेतता भएको भए राजनीतिक सामग्री फस्ने थिएन भन्ने कल्पना गरेँ । मेरो कमजोरीप्रति गम्भीर आत्मसमीक्षा गरेँ । अनिल र मलाइ प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय पुर्याए । हिरासत कक्षअगाडि डीएसपी महेन्द्र श्रेष्ठसहित उल्लासयुक्त मुद्रामा केही प्रहरी अधिकृतहरू थिए । हतकडी खोल्न लगाए । मनषस्जी, हाम्रो भोक–निद्रा हराम पार्नुभको थियो । आजबाट ढुक्क हुन्छ कि भन्दै धाप मारे अनि हात मिलाए । जनताको मुक्ति, न्याय र स्वतन्त्रता प्राप्तिको आन्दोलनलाई मनीष पक्राउ पर्नु र नपर्नुले के असर गर्छ र ? बरु झापाली जनताको आक्रोश र हाम्रो गैरन्यायिक गिरफ्तारीविरुद्धको जनसङ्घर्षको सामना गर्न तयार रहनुस् भनेँ । एक महिनाअघि पक्राउ परी हिरासतमा रहेका सक्कल, राजु, योगेश, नरपति र गणेशहरू उठेर हेरिरहेको देखेँ । अनिलसँग एक बात बोल्न दिएका थिएनन् । उनलाई अन्य थुनुवा बन्दी भएको अन्तिम कोठामा छिराए । मलाइ बाल थुनुवाकक्षमा एक्लै राखे । भोक, प्यास र तनावले थकित नहुने कुरै भएन । डिउटी प्रहरी जवानसँग पानी मागेँ । पानीसँगै एउटा पातलो तन्ना दिए । आधा ओढी आधा ओच्छ्याएर ढल्किएँ । मनमा अनेकन कुरा खेलिरहेका थिए ।

बिहान ८ बजेको रहेछ । एसपी दिनेश मैनालीले भेट्ने खबर आयो । उठेँ र तयार भएँ । तँ हो मनीष ?

हजुर मै हो प्रतिउत्तर दिएँ ।

म हिन्दुधर्म मान्ने भएर मात्र हो नत्र तेरो कुमार पौडेलको हालत हुन्थ्यो भन्दै मनोवैज्ञानिक टर्चर गर्न सुरु गरे । मैले राजनीतिक प्रतिवाद गरिरहेँ । मलाई कसैसँग बोल्न दिएको थिएन । एक्लै दिन–रात काट्न गाह्रो हुँदै थियो । पत्रिका पढ्न दिनका लागि ३ दिनपछि डीएसपीसँग माग गरेँ । उनले कोतगार्ड प्रमुखलाई भनेपछि पत्रिका पढ्न मिल्न थाल्यो । समय कटाउन केही सहज भयो । दसैँ मुखमै आउँदै थियो, न फोन, न भेटघाट दिनहरू यसरी नै कट्दै थिए । ५–६ दिनपछि मुद्दा फाँटमा लगियो । प्रनि केशव अधिकारीको उपस्थितिमा पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य लोकतन्त्र पोस्टका सम्पादक दाइ मोहनकाजी र दिदी अम्बिका भण्डारीसँग कुरा गर्ने अवसर मिल्यो । मेरो अवस्था बुझ्नुभयो । मैले जे अवस्था हो, त्यही राखेँ । सँगै मेरा मित्र अधिकारकर्मी अर्जुन बस्नेतलगायतलाई भेट्न चाहेको सन्देश पठाएँ । भेटघाट नदिएकोबारे उहाँहरूको जिज्ञासामा अनुसन्धान हुँदैछ, केही दिनमा बयान सकिएपछि भेटघाट दिइन्छ भन्ने जबाफ दिए । जिल्ला प्रहरी प्रमुख दिनेश मैनालीको हामीप्रतिको रबैया ठीक थिएन । बारम्बार निःकृष्ट शब्दले प्रहार गर्थे । एक दिन नेपाल सरकारबाट कर्तव्यनिष्ठ प्रहरीका रूपमा पुरस्कृत भएको र पुरस्कृत भएसँगै सूर्याेदय टेलिभिजनमा दिएको अन्तर्वार्ताबारे कुरा गरे । तिमीहरूलाई पक्रेर पुरस्कृत भएको भन्थे । म हाम्रो दृष्टिकोण र वर्गप्रतिको प्रतिबद्धता व्यक्त गर्दै भन्थेँ– कुनै दिन हाम्रो गैरन्यायिक गिरफ्तारी गरेर पुरस्कृत भएको भनेर जनताले तिमीले पाएका पुरस्कार खोस्ने दिन आउनेछ । हामी आस्थाका बन्दी हौँ । हामीलाई राजनीतिक व्यवहार गर्नुस् । तर किन हो ताप्लेजुङका कमरेडहरूप्रति उनले गर्ने व्यवहार नरम लाग्थ्यो । उनीहरू सबैलाई एउटै कक्षमा राखिएको थियो । सायद ताप्लेजुङका साथीहरूले आत्मसमर्पण गर्ने कुरा सहमति गरेका कारण नरम व्यवहार गरेको हुन सक्थ्यो । पछि ताप्लेजुङका विश्वास गरिएका साथीहरूले दुस्मन सत्ताका अगाडि जीवनको भिक मागेर घुँडा टेकेपछि मलाई लागेको संशय पुष्टि भयो । अन्ततः ताप्लेजुङका विश्वास गरिएका र पत्याइएका अनुहारहरूले हाम्रो आन्दोलनप्रति आस्था र विश्वास गर्ने न्यायप्रेमी जनसमुदायलाई धोका दिँदै गद्दारीपूर्ण आत्मसमर्पण गरेरै छाडे । जुन पूर्वको क्रान्तिकारी आन्दोलनको इतिहासमै नकारात्मक विरासतका रूपमा खडा हुनेछ । पछिल्लोपटक पक्राउ परेका सबैले नेता मानेका तारा थापासमेतले ताप्लेजुङबाटै आत्मसमर्पण गर्नुले ताप्लेजुङे क्रान्तिकारी आन्दोलन, ताप्लेजुङमा भएको बलिदान, ताप्लेजुङका जनताको आशा, भरोसा र साथको चरम उपहास गर्यो । हामीलाई विश्वास छ ताप्लेजुङ फेरि उठ्नेछ, कञ्चनजङ्घाझैँ खडा भएर क्रान्तिलाई नयाँ उचाइ प्रदान गर्नेछ ।

विदेशी नागरिकलाई लाखौँलाख पैसा खाएर नागरिकता बेच्ने कथित जनप्रतिनिधि र भ्रष्ट कर्मचारीमाथि झापाली जनताको प्रतिरोध तीव्र बनिरहेको थियो । एनसेल प्रकरणसँगै देशभर जनताले प्रतिरोध सङ्घर्ष उच्च स्तरमा गरिरहेका थिए । झापा वामपन्थी चेतले प्रशिक्षित भएकाले त्यसको प्रभाव नपर्ने कुरै भएन । सहकारीका नाममा मुठीभर सञ्चालकहरूले जनताको पैसा सोहोरेर आफू मालिक र पैसाको वास्तविक हकदार जनताहरू रैतीका रूपमा पिसिइरहेका थिए । हल्दिबारीमा सहकारीकै किस्ता तिर्नुपर्ने दबाबका कारण एकजना व्यक्तिले आत्महत्या गरेको समाचारले झापाका केही दलाल सहकारीहरूप्रति जनता आक्रोशित थिए । हाम्रो पार्टीले यसै सन्दर्भमा यी सबै विषयमा झापाली जनतालाई सङ्घर्षमा उत्रिन अपिल गर्नुका साथै भएका र हुँदै गरेका न्यायपूर्ण सङ्घर्षप्रति ऐक्यबद्धता व्यक्त गरेको थियो ।

१० दिनको दिन बयान सुरु भयो । ४ वटा मुद्दाको अभियोगपत्र पढेँ । मसमेत बस्ने कोठामा हतियार भेटिएको भनेर अभियोग लगाइएको रहेछ । मैले बयानमा हाम्रो नीतिगत कुरामा जोड दिँदै कागजात, पुस्तक, झन्डालगायत राजनीतिक काममा लाग्ने सामग्रीहरूको जिम्मा लिएँ र हतियार प्रहरीले आस्थाकै आधारमा फसाउने उद्देश्यले राखेको हो भनेर जबाफ दिएँ । बयान सकिएपछि अनिल, टीकालगायत ताप्लेजुङका साथीहरूसँग खाना खाने समयमा बोल्न मिल्न थाल्यो । मैले अलिक सहज भएको महसुस गरेँ ।

असोज १२ गते रातको १२–१ बजे डीएसपी महेन्द्र श्रेष्ठले बोलाए । मस्त निद्रामा थिएँ । उज्यालो भएको ठानेर जुरुक्कै उठेँ । उनले २ वटा कालो कफ मगाए । कफी खाँदै थियौँ, खुदुनाबारीका कुनै मिश्र थरका मान्छेको नाम लिँदै उनको भकारोछेउमा पुरेको वस्तु विस्फोटक पदार्थ मात्र हो वा तयारी बम हो ? बम भए नेपाली सेनाको बम डिस्पोजल टोलीलाई लिएर जान्छौँ, नभए आफैँ निकाल्छौँ । यति सहयोग गरिदिनुप¥यो भनेर आग्रह गरे । मैले कडा प्रतिवाद गरेँ । प्रस्टै थियो ४ वटा मुद्दाको अभियोगमा अदालतमा उपस्थित हुँदा २ नं न्यायाधीशले साथमा बरामदी सामान केके हो ? भन्दा जाहेरी अधिकृत प्रनि मिङ्मा शेर्पाले केन्द्रीय परिपत्र थान– २, सादा मोबाइल थान– २ र सवारीचालक अनुमतिपत्र थान– १ भनेका थिए । तुरुन्तै उहाँले बरामदी सामान त्यति हो भने हतियार खरखजाना मुद्दा कसरी लाग्छ ? लाइसेन्स र परिपत्रले विस्फोट हुन्छ ? जुत्ता र ज्याकेट पनि बरामद गरेको भन्नु पर्दैन । जसलाई जे मन लाग्यो त्यो अभियोग लगाउन मिल्छ ? भनेर हपार्नुभएको थियो । सायद त्यही कुरा र मैले दिएको बयान अनि वस्तुगत अवस्थाको विश्लेषण गरी जसरी पनि फसाउने अभिप्रायले षड्यन्त्रका शृङ्खला रचियो । २वटा मुद्दा थप गरियो । अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष (सरकारी नेकपाका) रञ्जित तामाङले एसपीसँग कुरा गरेर मेरो अवस्था बुझेका रहेछन् । सम्पर्क गर्ने रे भन्ने खबर पाएँ । नम्बर पनि उनैले उपलब्ध गराए । अदालतमा बयान दिन जानेक्रममा सम्पर्क गरेँ । हिरासतको अवस्था बुझे । जे छ त्यही जानकारी दिएँ । छिट्टै झापा आउँछु, आएर भेट्छु भने । उनी आए कि आएनन् तर मलाई भेट गरेनन् । मैले पनि सम्पर्क गर्न जरुरी ठानिनँ । सायद सरकारी दमनको नीति र हाम्रो प्रतिरोधी मानसिकता बुझेर सम्पर्क गरेनन् होला । एक दिन पदम राई र विजय दर्नाल ८–९ बजे बिहान आए । विजयले पदमलाई मसँग चिनजान गराए । सन्चो–बिसन्चो सोधासोधबाहेक अन्य कुरा भएन । अरू साथीसँग के कुरा भयो, सुनिएन तर विजय दर्नालले मलाई म र पदम दाइ कुनै हालतमा पार्टीमा खबर नगर्दिनु र टीका र अनिललाई पनि यो कुरा नभन्न भन्दिन आग्रह गरे । किन र कुन प्रयोजनले यो कुरा गरे, मनमा कौतूहल पैदा भयो । सायद पार्टीपङ्क्तिमा उनी केही भ्रम पैदा गर्न खोजिरहेका छन् कि भन्ने आशङ्काले शुभेच्छुकमार्फत यो कुरा पार्टीलाई खबर पठाएँ ।

३७ दिनपछि थुनछेक बहस सुरु भयो । सरकारी वकिलसँग म्याद थप गर्दाकै बखत अभियोग र मागदाबीबारे चर्कै वादविवाद परेको थियो । मैले कडा प्रतिवाद गरेको थिएँ । त्यतिन्जेल मैले कुनै कानुन व्यवसायी राखेको थिइनँ । सरकारी वकिलले आफ्नो मागदाबी प्रस्तुत गरेर बाहिरिए । न्यायाधीशले मागदाबी र अभियोगको सारांश पढेर सुनाउँदै मेरो धारणा माग्नुभयो मैले । म विप्लवले नेतृत्व गरेको नेकपाको झापा जिल्ला सेक्रेटरी हुँ । बरामद राजनीतिक सामग्री राजनीतिक उद्देश्यले राजनीतिक कामकै लागि प्रयोग गरेको हुँ । एनसेललगायतमा झापाली जनताले स्वतस्फूर्त रूपमा गरेको कारबाहीप्रति समर्थन भए पनि मेरो र हाम्रो पार्टीको संस्थागत संलग्नता छैन । प्रतिबन्धपछि फसाउने अभिप्रायले हतियारजन्य अभियोग लगाएको हो । हतियार मेरो हैन मेरो साथबाट बरामद भएको पनि हैन, त्यो हतियार आजसम्म देखेको पनि छैन । तसर्थ यी सम्पूर्ण झूट्टा मुद्दा खारेज होस् भनेर मत प्रस्तुत गरेँ । धरौटी खुल्यो । ताप्लेजुङका साथीहरू धरौटीमा रिहा भएर सरकारी नेकपा प्रवेश गरे । टीका पोखरेल र म कारागार चलान भयौँ । भाइ अनिललाई हिरासतमै फर्काएर लगे ।

धरौटी नबुझाएर कारागार चलान भए पनि अझै ४ वटा मुद्दाको सुनुवाइ बाँकी थिए । दोस्रोपटक बाँकी मुद्दाको थुनछेक सुरु भयो । अधिकारकर्मी र अधिवक्ता अर्जुन बस्ने, हरि अधिकारी, विमल सङ्ग्रौलालगायत अधिवक्ताहरूबाट बहस भयो । थुनछेक बहसअघि न्यायाधीशले छुट्टै भेट्नुभयो । तपाईंहरू झापा जिल्लाको पर्नुभो, प्रधानमन्त्री पनि यहीँको । हाम्रा पनि कतिपय बाध्यता छन् भन्दै धरौटी खुल्न सक्ने सङ्केत दिनुभयो । शब्दमा व्यक्त नगरे पनि उहाँको आशय प्रधानमन्त्रीको जिल्ला भएका कारण हामीलाई जसरी पनि फसाउन दबाब आएको प्रस्टै बुझिन्थ्यो । यी सबै परिस्थितिले वर्गप्रतिको प्रतिबद्धतासहित सतिसाल बनेर न्याय, मुक्ति र स्वतन्त्रता प्राप्तिको अभियानमा दृढतापूर्वक उभिरहन झनै उत्प्रेरणा पैदा भैरह्यो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :