नेपालमा आज १,४८३ जना कोरोना सङ्क्रमित निको भए, १४ जनाको मृत्यु

नेपालमा आज १,४८३ जना कोरोना सङ्क्रमित निको भए, १४ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ४८३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ३० हजार ५३७ पुगेको छ । यो कुल सङ्क्रमितको ९४ दशमलब ३ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा ३८६ महिला र ६७० पुरुष गरी जम्मा १ हजार ५६ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा २१४ महिला र २८८ पुरुष गरी जम्मा काठमाडौँ उपत्यकामा ४९६ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ६ हजार २८६ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप १४ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ६५१ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार २४५ रहेको छ । त्यसमा आई.सी.यु.मा ३३० जना र भेन्टिलेटरमा ५७ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा ७ हजार ६०९ जना र क्वारेन्टाइनमा ५२५ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्लाहरु : काठमाडौँ, ललितपुर र कास्की रहेका छन् भने सून्य सङ्क्रमित भएको जिल्लाहरु : मनाङ र डोल्पा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :