अखिल (क्रान्तिकारी) का नेता उपेन्द्र रावल १५ महिनापछि रिहा

अखिल (क्रान्तिकारी) का नेता उपेन्द्र रावल १५ महिनापछि रिहा

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का नेता उपेन्द्र रावल रिहा भएका छन् । सङ्गठनको भेरी–कर्णाली ब्युरो सदस्य तथा हुम्ला जिल्ला संयोजकसमेत रहेका रावल १५ महिनाको हिरासत बसाइपछि रिहा भएका हुन् ।

२०७६ साल भदौमा सङ्गठनको कामकै सिलसिलामा हुम्लाको सिमिकोटबाट गिरफ्तार गरिएका विद्यार्थी नेता रावललाई प्रहरीले गिरफ्तार गरेर राज्यविरुद्धको अपराधको मुद्दा चलाएको थियो । जिल्ला अदालत हुम्लाबाट सफाइ पाएपछि बिहीबार नेता रावल रिहा भएका हुन् ।

सरकारले नेकपामाथि प्रतिबन्ध लगाएसँगै पार्टीका उच्च तहका हजारौँको सङ्ख्यामा नेता, कार्यकर्ता तथा समर्थकहरूलाई गिरफ्तार गरेर विभिन्न जिल्लामा मुद्दा चलाउँदै आएको छ । नेकपाले भने आफ्ना नेता–कार्यकर्ता तथा समर्थकहरूलाई सरकारले बिनाकारण राजनीतिक पूर्वाग्रहका आधारमा गिरफ्तार गरेको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :