नेपालमा आज १,६२१ जना कोरोना सङ्क्रमित निको भए, मृतकको सङ्ख्या १,६३७ पुग्यो

नेपालमा आज १,६२१ जना कोरोना सङ्क्रमित निको भए, मृतकको सङ्ख्या १,६३७ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ६२१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख २९ हजार ५४ पुगेको छ । यो कुल संक्रमितको ९४ दशमलब १ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा ५४६ महिला र ८३६ पुरुष गरी जम्मा १ हजार ३८२ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा ३६३ महिला र ३३१ पुरुष गरी जम्मा काठमाडौँ उपत्यकामा ५९४ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ८ हजार ९४७ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप २३ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ६३७ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार ६८६ रहेको छ । त्यसमा आई.सी.यु.मा ३५४ जना र भेन्टिलेटरमा ५८ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा ८ हजार ४७ जना र क्वारेन्टाइनमा ५२३ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्लाहरु : काठमाडौँ, ललितपुर र कास्की रहेका छन् भने सून्य सङ्क्रमित भएको जिल्लाहरु : मनाङ र डोल्पा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :