रक्तदान कार्यक्रमबाट गिरफ्तार भएका विद्यार्थी नेताहरु रिहा

रक्तदान कार्यक्रमबाट गिरफ्तार भएका विद्यार्थी नेताहरु रिहा

काठमाडौँ : काठमाडौको कालीमाटीमा रक्तदान कार्यक्रम भइरहेको ठाउँबाट गिरफ्तार गरिएका अखिल (क्रान्तिकारी) का नेताकार्यकर्ताहरु रिहा भएका छन् । प्रहरी प्रशासनले राजनैतिक आस्थाकै आधारमा प्रवृत्त भावना राखेर नेकपा र नेकपासँग आस्था राख्नेहरुलाई गिरफ्तार गरेको निष्कर्ष सहित रिहाईको आदेश दिएपछि उनीहरु हिराशत मुक्त भएका हुन् ।

सोमबार सर्वोच्च अदालतमा भएको बन्दी प्रत्यक्षीकरणको रिट उपर भएको बहसमा तारा संजेल, नवाराज भट्ट, महेन्द्र सुनार र प्रेमबहादुर चलाउनेलाई रिहा गर्न आदेश दिएका हुन् । सर्वोच्च अदालतको आदेशमा प्रयाप्त आधार र कारण विना प्रवृत्त भावनाले गिरफ्तार गरी बदनीयतपुर्वक अभद्र ब्यवहारको मुद्दा लगाएको भन्दै उनीहरुलाई रिहा गर्न आदेश दिएको कुरा उल्लेख छ । तारा सन्जेललाई नेपाल रेडक्रस सोसाइटीको काठमाडौँको कालीमाटीमा रहेको भवनमा रक्तदान गर्न जाँदै गर्दा र अरुहरुलाई कालीमाटीमा रक्तदान कार्यक्रमबाटै गिरफ्तार गरेको थियो ।

बन्दीहरुको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु सन्तोष कोइराला, कान्तीराम ढुंगाना र राजु अधिकारीले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :