अखिल क्रान्तिकारीका दुई जिल्ला नेता रिहा

अखिल क्रान्तिकारीका दुई जिल्ला नेता रिहा

कैलाली : गत कात्तिक २६ गते कैलालीको गोदावरी नगरपालिकाबाट गिरफ्तार भएका अखिल (क्रान्तिकारी) का विद्यार्थी नेता जनक बिस्ट र विवेक भट्ट धरौटीमा हिजो रिहा भएका छन् । उनीहरूलाई जिल्ला अदालत कैलालीले धरौटी लिएर तारेखमा छोडेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएका बिस्ट र भट्टलाई चन्दा असुलीको झूट्टा मुद्दा लगाइएको थियो । हिरासतमा रहेकै बेला विद्यार्थी नेता बिस्टलाई कोरोना सङ्क्रमणसमेत पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :