नेपालमा आज १,४०४ जना कोरोना सङ्क्रमित निको भए, २५ जनाको मृत्यु

नेपालमा आज १,४०४ जना कोरोना सङ्क्रमित निको भए, २५ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ४०४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख १२ हजार ५९० पुगेको छ । यो कुल सङ्क्रमितको ९१ दशमलब ६ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा ५११ महिला र ७४४ पुरुष गरी जम्मा १ हजार २५५ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा २४४ महिला र ३०४ पुरुष गरी जम्मा ५४८ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ८ हजार ८ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ३१ हजार ९७८ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप २५ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४७९ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ९०९ रहेको छ । त्यसमा आई.सी.यु.मा ३६१ जना र भेन्टिलेटरमा ५३ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा १२ हजार २९५ जना र क्वारेन्टाइनमा ६३२ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्लाहरु : झापा, मोरङ, काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की र रुपन्देही रहेका छन् भने सून्य सङ्क्रमित भएको जिल्लाहरु : मनाङ र डोल्पा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :