काफलचौरमा जीप दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

काफलचौरमा जीप दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

काठमाडौँ : बाबियाचौर लाम्पाटाबाट सल्यानतर्फ जाँदै गरेको प्रदेश २–०३००१ च ०२५२ नम्बरको बोलेरो जीप दुर्घटना भएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–२ बावियाचौरको काफलचौरमा भएको जीप दुर्घटनामा एकको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन् ।

दुर्घटनमा परेर जीपमा सवार ११ वर्षीया बालिका करिस्मा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी जीपका चालक ४२ वर्षका खुमबहादुर कटुवालसहित पाँच जना घाइते भएका छन् ।

घाइते चालक कटुवाल र उनकी श्रीमती सुनिता क्षेत्री, जीपमा सवार सुकला केसी, कृपा क्षेत्री र राजन क्षेत्रीलाई उपचारका लागि बेनी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :