विश्वभर कोरोनाले १४ लाख १३ हजार ७३३ जनाको ज्यान लियो

विश्वभर कोरोनाले १४ लाख १३ हजार ७३३ जनाको ज्यान लियो

काठमाडौँ : विश्वभर कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १४ लाख १३ हजार ७३३ पुगेको छ । वल्र्डोमिटर्सले जनाएअनुसार बुधबार बिहानसम्म विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ करोड ७९ हजार ९१४ पुगेको छ । मङ्गलबार एकै दिन ५ लाख ३४ हजार ७०१ जना सङ्क्रमित भएका छन् भने एक दिनमै ११ हजार ६५२ जनाको ज्यान गएको छ । योसँगै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १४ लाख १३ हजार ७३३ पुगेको हो ।

विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ करोड ७१ लाख ५४ हजार ३५७ पुगेको जनाइएको छ । त्यसमध्ये १ लाख ३ हजार ५६६ जनाको अवस्थागम्भीर रहेको पनि वल्डोमिटर्सले जनाएको छ । अहिलेसम्म ४ करोड १५ लाख ११ हजार ८२४ जना कोरोना सङ्क्रमणमुक्त भएको पनि समाचारमा जनाइएको छ ।

सबैभन्दा धेरै कोरोना सङ्क्रमित रहेको अमेरिकामा २ लाख ६५ हजार ८७३ जनाले ज्यान गुमाइसकेका छन् भने सङ्क्रमित सङ्ख्या १ करोड २९ लाख ५१ हजार ७२९ रहेको जनाइएको छ । त्यस्तै दोस्रो धेरै सङ्क्रमित रहेको नेपालको दक्षिणी छिमेकी भारतमा कोरोना सङ्क्रमित सङ्ख्या ९२ लाख २१ हजार ९९८ पुगेको छ । अहिलेसम्म भारतमा १ लाख ३४ हजार ७४३ जनाले ज्यान गुमाएको जनाइएको छ । नेपाल भने सङ्क्रमित देशको सूचीममा ३७ औँ स्थानमा रहेको पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :