जनगणतान्त्रिक सम्पर्क मञ्चले काठमाडौँ उपत्यकाभरि टाँस्यो नेकपाका पोस्टर

जनगणतान्त्रिक सम्पर्क मञ्चले काठमाडौँ उपत्यकाभरि टाँस्यो नेकपाका पोस्टर

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति र विभिन्न जिल्लाका काठमाडौँ समन्वय समितिले उपत्यकाका विभिन्न ठाउँमा नेकपा सातौँ पुनर्गठन दिवसका ब्यानर र पोस्टर टाँसेका छन् ।

पार्टीको सातौँ पुनर्गठन दिवसका अवसरमा केन्द्रीय कार्यक्रमअन्तर्गत पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति र विभिन्न जिल्लाका काठमाडौँ समन्वय समितिले उपत्यकाका विभिन्न ठाउँमा ब्यानर र पोस्टर टाँसेका हुन् ।

प्राप्त समाचारअनुसार जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिले टोखा मालपोत कार्यालय गेट, बालुवाटार, धादिङ–काठमाडौँ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले गोंगबु, नयाँ बसपार्क, दैलेख–काठमाडौँ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले कपन, साततले, मिलनचोक, खोटाङ–काठमाडौँ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले चाबहिल, सुकेधारामा ब्यानर र पोस्टर टाँसेका हुन् ।

त्यसैगरी गोरखा–काठमाडौँ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले लगनखेल, इमाडोल, दार्चुला–काठमाडौँ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले ग्रिन्डल्यान्ड हरियाली बस्ती, धापासी, बझाङ–काठमाडाँै जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले चक्रपथ बाँसबारी, इलाम–काठमाडौँ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले बसुन्धरा, रानीबारी, मकवानपुर–काठमाडौँ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले नयाँबानेश्वर, पुरानोबानेश्वर, अर्घाखाँची–काठमाडौँ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले जोरपाटी, मूलपानी, रामेछाप–काठमाडौँ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले जडीबुटी, काँडाघारी, काभ्रे–काठमाडौँ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले गोठाटार, सानोठिमी, बर्दिया–काठमाडौँ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले जाउलाखेल, पुल्चोकमा, बाँके–काठमाडौँ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले सामाखुसी, म्हैपी, सिराहा–काठमाडौँ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले कपन, सरस्वतीनगर, चुच्चेपाटी, नुवाकोट–काठमाडौँ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले महाराजगन्ज, पानीपोखरी, सिन्धुली–काठमाडौँ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले डिल्लीबजार, पुतलीसडक, दोलखा–काठमाडौँ जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले रत्नपार्क, खुलामञ्च र बागबजारमा ब्यानर टाङ्दै पोस्टर टाँसेको जानकारी जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति नेपालका केन्द्रीय सदस्य रिहाज प्रधानले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :