रामेछापका गाउँगाउँमा नेकपा पुनर्गठन दिवसका ब्यानर र पोस्टर टाँसिए

रामेछापका गाउँगाउँमा नेकपा पुनर्गठन दिवसका ब्यानर र पोस्टर टाँसिए

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रामेछापले जिल्लाका विभिन्न गाउँमा पार्टीको सातौँ पुनर्गठन दिवसका पोस्टरहरू टाँस्दै ब्यानरहरू झुन्ड्याएको छ ।

जिल्लाबाट प्राप्त जानकारीअनुसार आत्मसमर्पणवादी र अकर्मण्यतावादीहरूको चङ्गुलबाट छुट्टिएर जुझारु र क्रान्तिकारी पार्टी निर्माण गरेको ७ वर्ष लागेको अवसरमा पार्टीको केन्द्रीय कार्यक्रमअनुसार पार्टी पुनर्गठन दिवसलाई भव्य रूपमा सफल बनाउन जिल्लाका विभिन्न ठाउँमा वालिङ, माइकिङ र ब्यानरहरू झुन्ड्याइएको हो ।

नेकपाले खाँडादेवी गापा, दोरम्बा गापा, सुनापति गापा र मन्थली नगरपालिकाका विभिन्न वडाहरूमा प्रचारप्रसार गरेको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :