महत र न्योपानेलाई रिहा नगरे कडा संघर्ष गर्ने अखिल (क्रान्तिकारी)को चेतावनी

महत र न्योपानेलाई रिहा नगरे कडा संघर्ष गर्ने अखिल (क्रान्तिकारी)को चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का विद्यार्थी नेताहरुलाई प्रहरीले गिरफ्तार गरेपछि सो संगठनको क्याम्पस जिल्ला समिति अध्यक्ष तारा संज्यालले शनिबार विज्ञप्ति जारी गर्दै गिरफ्तारीको घोर भ्रत्र्सना एवम् निन्दा गरेकी छिन् ।

काठमाडौँको बानेश्वरबाट आफ्नो संगठनका क्याम्पस जिल्ला समिति सदस्य तथा पशुपति बहुमुखि क्याम्पस चावहिलका क्रान्तिकारी नेता सुवास महत र मेगेन्द्र न्यौपानेलाई प्रहरीले गिरफ्तार गरि बेपत्ता पारेको भन्दै उक्त घटनाको घोरविरोध तथा भत्र्सना गर्दै अविलम्व सार्वजनिक र रिहाईको माग गरेकी छिन् ।

ओली सरकार आफु पूर्ण रुपमा नाङ्गिएपछि आफ्नो असफलता र असक्षमतालाई लुकाउन देशभक्त प्रगतिशील एवम् क्रान्तिकारीहरूलाई दमन गरिरहेको संज्यालको भनाई छ । गिरफ्तार आफ्ना नेताहरुलाई तत्काल रिहाई नगरे आफुहरु कडा संघर्षमा जाने चेतावनी समेत संज्यालले दिएकि छिन् ।

आफुहरुले गर्ने उक्त संघर्षबाट उत्पन्न हुने जटिल परिस्थितिको जिम्मेवार ओली सरकार नै हुने संज्यालको विज्ञप्तिमा उल्लेख छ । यस्तै उनले, विज्ञप्तिमा आफ्नो संगठन अखिल क्रान्तिकारीले स्थापना कालदेखि नै शिक्षा क्षेत्रको आमूल रूपान्तरण जनजीविका राष्ट्रियता र राष्ट्रिय स्वाधिनताका पक्षमा र हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार र कमिशनतन्त्रका विरूद्ध आवाज उठाउँदै सडक बाघको रुपमा स्थापित भएको समेत जनाएकी छिन् ।

कोरोना महामारीको जटिल परिस्थितीबाट देश आक्रान्त भइरहेको बेला जनताको स्वास्थ्यमा खेलवाड गर्ने, कोरोनाको उपचार र परिक्षणमा गैर जिम्मेवारी अभिव्यक्ति दिने, विशेष गरी शिक्षा र स्वास्थ्यको क्षेत्रमा सरकारको संरक्षण र संलग्नतामा भएको लुट, कालोबजारी र भ्रष्टचारको भण्डाफोर कार्यक्रम जारी नै रहेको बेला आफ्ना नेता कार्यकर्ता गिरफ्तार गरिएको संज्यालले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :