युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा खेलकुद र शैक्षिक सामग्री वितरण

युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा खेलकुद र शैक्षिक सामग्री वितरण

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल रूपन्देहीले नेकपाको सातौँं पार्टी पुनर्गठन दिवसको अवसरमा खेलकुद सामग्री वितरण गरेको छ । रूपन्देहीको सियारी गाउँपालिकामा रहेको स्थानीय क्लबलाई खेलकुद सामग्री वितरण गरेको हो ।

एक कार्यक्रमको आयोजनामा युवा संगठन नेपाल लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले एक थान भलिबल, एक थान फुटबल र एकथान नेटजाली स्थानीय क्लबलाई हस्तान्तरण गरेका हुन् । खेलकुद सामग्री वितरण गर्दै युवा संगठन नेपालका इन्चार्ज विश्लेषणले युवाहरु क्रान्तिमा उत्साह ढंगले लाग्नुपर्ने भन्दै युवाहरुको सिर्जनात्मक तथा खेलकुद विकासका लागि युवा संगठन नेपाल सदैव साथमा रहेको बताए ।

युवा संगठन नेपाल लुम्बिनी ब्यु्रो अन्तर्गत गुल्मी, कपिलवस्तु, पाल्पा, नवलपुर, नवलपरासी, अर्घाखाँची जिल्लामा विभिन्न सिर्जनात्मक तथा अतिरिक्त कार्यक्रमहरु सम्पन्न गरेको इन्चार्ज विश्लेषणले बताएका छन् ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी नवलपुरले सातौँ पार्टी पुनर्गठन दिवसको अवसरमा मध्यबिन्दु नगरपालिका, कावासोती नगरपालिका, देवचुली नगरपालिका, गैंडाकोट नगरपालिका, हुप्सेकोट गाउँपालिका, बिनयी त्रिवेणी गाउँपालिका, बुलिङ्टार गाउँपालिका, बौदिकाली गाउँपालिकाका दर्जनौं स्थानमा ब्यानर टाँगेको छ ।

सातौँ पार्टी पुनर्गठन दिवस देशभर नै भब्य रुपमा मनाउने पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नवलपुरले सातौँ पार्टी पुनर्गठन दिवसको अवसरमा हुप्सेकोट गाउँपालिकामा खेलकुद सामाग्री बितरण गरेको छ । खेलकुद बितरण कार्यक्रममा जिल्ला पार्टी सेक्रेटरी शितल, जनपरिषद् प्रमुख बिशाल, युवा संगठन नेपाल, नवलपुर जिल्ला अध्यक्ष अबिनाशको उपस्थिति रहेको थियो भने २८ जना स्थानीय युवा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको स्रोतले बताएको छ ।

त्यसैगरी अखिल (क्रान्तिकारी) रुपन्देहीले मातृ पार्टीको सातौँं पार्टी पुनर्गठन दिवसको अवसरमा बुटवलस्थित बाल कल्याण गृहमा एक कार्यक्रम आयोजना गरि शैक्षिक तथा खेलकुद सामग्रीहरु वितरण गरेको छ । त्यस बाल गृहमा २५ जना अनाथ बालबालिकाहरु रहेका छन् ।

उनीहरुसँग अन्तरक्रिया समेत गरिएको क्रान्तिकारीका रुपन्देही इन्चार्ज रुपा बुढा मगरले बताए । गृहमा बस्दै आएका वसन्त थापा, टिकाराम केसी, विजय परियारले गीत समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा बालबालिकाहरुको तर्फबाट वसन्त थापा, कार्यालयको तर्फबाट कार्यालय सहयोगी सुकमाया तामाङले धन्यवाद मन्तव्य राखेका थिए ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो संयोजक विरेन्द्र विकको प्रमुख आतिथ्यता, क्षितिज साँस्कृतिक परिवारका सह–संयोजक आत्मा, बाल कल्याण गृहका सुकमाया तामाङ, विन्द्या चौधरीको आतिथ्यता रहेको थियो । कार्यक्रमको अध्यक्षता क्रान्तिकारीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज रुपा बुढा मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :