नेपालमा आज २,७५३ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या १,०८७ पुग्यो

नेपालमा आज २,७५३ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या १,०८७ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ७७ महिला र १ हजार ६७६ पुरुष गरी जम्मा २ हजार ७५३ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ६२५ महिला र ८८७ पुरुष गरी जम्मा १ हजार ५१२ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १० हजार ४२३ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप १७ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८७ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा २ हजार २२६ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ । यो कुल संक्रमितको ८१ प्रतिशत हो ।

नेपालमा सक्रिय सङ्क्रमितको संख्या ३५ हजार ४३५ रहेको छ । त्यसमा आई.सी.यु.मा ३६५ जना र भेन्टिलेटरमा ७६ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा २८ हजार ९२० जना र क्वारेन्टाइनमा १ हजार १४४ जना रहेका छन् ।

यसैगरी ५०० बढी संक्रमित हुने जिल्लाहरु : भापा, मोरङ, सुनसरी, कार्भेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, नवलपरासी (पूर्व), रुपन्देही र दाङ रहेका छन् भने सून्य संक्रमित भएको जिल्लाहरु : मनाङ र बाजुरा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :