नेपालमा आज ३,११४ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या १ हजार नाघ्यो

नेपालमा आज ३,११४ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या १ हजार नाघ्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार २४७ महिला र १ हजार ८६७ पुरुष गरी जम्मा ३ हजार ११४ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ६४९ महिला र ८१९ पुरुष गरी जम्मा १ हजार ४६८ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ११ हजार १६६ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप २० जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार १४२ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ । यो कुल संक्रमितको ७८ दशमलव ६ प्रतिशत हो ।

नेपालमा सक्रिय सङ्क्रमितको संख्या ३७ हजार ४७६ रहेको छ । त्यसमा आई.सी.यु.मा ३७२ जना र भेन्टिलेटरमा ६८ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा ३० हजार ६९४ जना र क्वारेन्टाइनमा १ हजार २७७ जना रहेका छन् ।

यसैगरी ५०० बढी संक्रमित हुने जिल्लाहरु : भापा, मोरङ, सुनसरी, कार्भेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, नवलपरासी (पूर्व), रुपन्देही, दाङ र कैलाली रहेका छन् भने सून्य संक्रमित भएको जिल्लाहरु : मनाङ र बाजुरा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :