८ दिनको हिरासतपछि सामाजिक अभियन्ता नरबहादुर कार्की रिहा

८ दिनको हिरासतपछि सामाजिक अभियन्ता नरबहादुर कार्की रिहा

काठमाडौँ : सामाजिक अभियन्ता एवम् राष्ट्रिय जागरण मञ्चका सचिव नरबहादुर कार्की शुक्रबार साधारण तारेखमा रिहा भएका छन् । कात्तिक ६ गते २१ राजनीतिक सङ्गठनद्वारा काठमाडौँमा आयोजित शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरी प्रहरीले कार्कीलाई गिरफ्तार गरेको थियो । जिल्ला प्रशासन कार्यालयले सरकारी वकिल कार्यालयको सहमति लिएर रिहा गरेको हो ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले पक्राउ गर्नुको कारण स्पष्ट खुलाई २४ घन्टाभित्र बन्दीसहित लिखित जबाफ लिएर सर्वोच्च अदालतमा उपस्थित हुन आदेश जारी गरेको थियो ।

शान्तिपूर्ण रूपमा आयोजना गरिएको कार्यक्रमस्थलबाटै गरिएको कार्कीको गिरफ्तारीको घोर भत्र्सना गर्दै अविलम्ब रिहाइको मागसहित विभिन्न राजनीतिक दल, नागरिक समाज, पत्रकार र बुद्धिजीवीहरूले सरकारसँग मागसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :