कोरोना भाइरस सङ्क्रमणले निम्त्याएको व्यावहारिक शिक्षा

कोरोना भाइरस सङ्क्रमणले निम्त्याएको व्यावहारिक शिक्षा

शिक्षा जीवनपर्यन्त चलिरहने प्रक्रिया हो । समय र परिस्थितिअनुरूप शिक्षा लिने र दिने प्रक्रिया फरकफरक हुन्छ । मानवसभ्यताको उत्पत्ति र विकाससँगसँगै ज्ञान र सीपलाई स्थानान्तरण गर्ने विधि र तौरतरिका फरकफरक ढङ्गबाट विकसित भएको पाइन्छ । शिक्षाको विकास व्यावहारिक शिक्षाको माध्यमबाट अगाडि बढेको पाइन्छ । आदिम युग अर्थात् जङ्गली युगमा जीवन जिउनका लागि आफ्ना अग्रज बाबुआमाबाट छोराछोरीमा स्थानान्तरण हुने ज्ञान र सीप शिक्षा थियो । खानाका लागि सिकार गर्न जानु, धारिलो हतियार बनाउनु, रूख चढ्न जान्नु, खान हुने र खान नहुने कन्दमूल चिन्नु, ओखतीमुलो चिन्नु आदि कुराहरू व्यावहारिक जीवन उपयोगी शिक्षाका रूपमा अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई हस्तान्तरण गरेको पाइन्छ ।

कोरोनाका कारण शिक्षालाई जीवन उपयोगी र व्यावहारिक बनाउने अवसर पनि प्राप्त भएको छ । अब हामीले बालबालिकालाई दिइने शिक्षा कोरा आदर्शवादी र किताबी ज्ञान मात्र नभएर उसको जीवन जिउने सीप र सीप आर्जन गर्ने कलालाई मूल्याङ्कनसँग जोड्नुपर्छ । अब सोधिएको उत्तरमा अङ्क दिने नभएर उसको व्यवहारमा आएको परिवर्तनलाई मूल्याङ्कन गर्नुपर्छ । खाना खानुभन्दा अगाडि साबुनपानीले हात धुनुपर्छ भनेर लेखिएको उत्तरमा अङ्क दिने र मूल्याङ्कन गर्ने होइन, साबुनपानीले हात धोएको छ कि छैन भनी मूल्याङ्कन गर्नुपर्छ ।

मानिसले प्रकृतिले दिएका उपहारका बारेमा खोजी गर्न थाल्यो । ज्ञानको खोजी गर्ने व्यक्ति गुरु कहलिए । त्यसपछि गुरु र चेलाको सम्बन्धबाट ज्ञान स्थानान्तरण गर्ने र सीप सिकाउने प्रचलन आयो । यसलाई हामी गुरुकुल शिक्षा भन्छौँ जुन शिक्षाले जीवन जिउने कला, युद्धकला सिक्ने, जीवन र जगत्लाई बुझ्ने, प्राकृतिक उपहारको खोजी गर्ने आदि कुरामा निपुण हुनका लागि गुरुबाट चेलाले ज्ञान र सीप आर्जन गर्ने गर्दथे । चार पर्खालभित्र थुनेर औपचारिक शिक्षा प्रदान गर्ने प्रचलन आएपछि खोज, अनुसन्धानबाट जीवन र जगत्लाइ बुझ्ने र प्रकृतिलाई बुझ्नेभन्दा पनि अरूले गरेको खोज, अनुसन्धानका तथ्यहरूलाई बासी पुराणका रूपमा रट्ने अर्थात् सम्झिने । कण्ठ गर्ने र परीक्षामा धेरै अङ्क ल्याउने होडबाजीले गर्दा हाम्रोजस्ता अविकसित मुलुकहरूमा व्यावहारिक सीपमूलक शिक्षा ओझेलमा पर्दै गयो जसले गर्दा अनुत्पादक शिक्षा मौलाउँदै गयो । यसको परिणामस्वरूप दुईतीनवटा डिग्रीका प्रमाणपत्र झोलामा थन्क्याएर खाडी मुलुक र विकसित मुलुकहरूमा जीविकोपार्जनका लागि पलायन हुनुपर्ने परिस्थिति उत्पन्न भयो । घरपरिवार र समाजले समेत बासी पुराण सम्झिएर गरेर प्राप्त गरेको अङ्क र प्रमाणपत्रलाई उपलब्धि मान्न थाल्यो । यसको परिणामस्वरूप मानिसले आफ्नो उत्पादनमूलक काम बिर्सियो । खोज, अनुसन्धान बिर्सियो । संस्कार र रीतिरिवाज बिर्सियो, घरको काम, खेतबारीको काम, करेसाबारीको कामलगायत जीवन उपयोगी सीपहरू सबै बिर्सियो ।

आज विश्वभरि फैलिएको अदृश्य शक्ति अर्थात् कोरोना भाइरस (कोभिड १९) ले पहिले बिर्सिएका सबै कुराहरूलाई सम्झाइदिएको छ । शक्ति र धनबाट सम्पन्न पुँजीवादी/साम्राज्यवादी मुलुकहरू जसले प्रकृतिलाई दोहन गरी मानवसभ्यतालाई नै सङ्कटग्रस्त बनाएका थिए तिनीहरूलाइ पाठ सिकाएको छ । जीवनको परबाह नगरी मेसिनजस्तै बनेको मानवलाई आराम गर्न सिकाएको छ । जीवन जिउनका लागि नभइनहुने अन्नबाली उत्पादन गर्न छाडेर आणबिक बम र हतियार बनाउने, औद्योगिक क्रान्तिका नाममा वातावरणलाई प्रदूषित पार्नेहरूलाई खाद्यान्न के हो र प्राकृतिक शक्ति के हो भन्ने कुरा बुझाइदिएको छ । आफ्नो देश र परिवार बिर्सनेहरूका लागि देश र परिवारको महत्व बुझाइदिएको छ । कृषि पेसालाई सम्मानित बनाएको छ । प्राकृतिक वातावरणलाई सन्तुलन गरिदिएको छ । तसर्थ कोरोनाले मानिसलाई नयाँ तरिकाले सोच्न बाध्य बनाएको छ । मानिसको अहम्, दम्भ र घमण्ड तोडिदिएको छ । यो अदृश्य प्राकृतिक शक्ति मानवसभ्यताको संरक्षणका लागि आएको छ भन्दा अतिशयोक्ति नहोला ।

आज कोभिड १९ ले चार पर्खालभित्र दिइने औपचारिक शिक्षालाई नाकाम बनाइदिएको छ । शिक्षा निरन्तर चलिरहने प्रक्रिया भएकाले समय र परिस्थितिअनुसार शिक्षाको विषय, गुणस्तर, शिक्षा लिने र दिने प्रक्रियामा पनि परिवर्तन गर्न जरुरी छ । मानिसको जीवन र व्यवहारमा प्रयोग हुने वैज्ञानिक, व्यावहारिक र जीवनवादी शिक्षा अत्यावश्यक बनेको छ । सरकारले पनि यो विषयमा गम्भीर भएर सोच्नुपर्छ ।

कोभिड १९ का कारण शैक्षिक सत्रको करिब पाँच महिना खेर गएका छन् । विद्यार्थीलाई विद्यालयमा भौतिक रूपमा उपस्थित गराएर शिक्षण गराउने र पेपर, पेन्सिल, टेस्टबाट मूल्याङ्कन गर्ने अवस्था नभएको अवस्थामा शिक्षालाई विद्यार्थीहरूको दैनिक जीवनसँग उपयोगी हुने सिकाइलाइ यस वर्षको शिक्षणको मुख्य आधार बनाउनुपर्छ । आधुनिक विधि र प्रविधिको पहुँच सबै विद्यार्थीसँग छैन र त्यो रातारात हुने कुरा पनि होइन । ज्ञान र सीप स्थानान्तरण गर्ने सबै विकल्पहरूलाई खुला राख्दै विद्यार्थीको व्यवहारमा परिवर्तन ल्याउने उत्तम विधि परियोजना कार्य नै हो । सबै विषयवस्तुलाई समेटेर परियोजना कार्य दिने, उक्त परियोजना कार्य गर्नका लागि घरपरिवार र शिक्षकले मार्गनिर्देश तथा सहजीकरण गर्ने, उक्त परियोजना कार्यबाट विद्यार्थीको व्यवहारमा आएको परिवर्तनलाई मूल्याङ्कन गर्ने ।

कोरोनाका कारण शिक्षालाई जीवन उपयोगी र व्यावहारिक बनाउने अवसर पनि प्राप्त भएको छ । अब हामीले बालबालिकालाई दिइने शिक्षा कोरा आदर्शवादी र किताबी ज्ञान मात्र नभएर उसको जीवन जिउने सीप र सीप आर्जन गर्ने कलालाई मूल्याङ्कनसँग जोड्नुपर्छ । अब सोधिएको उत्तरमा अङ्क दिने नभएर उसको व्यवहारमा आएको परिवर्तनलाई मूल्याङ्कन गर्नुपर्छ । खाना खानुभन्दा अगाडि साबुनपानीले हात धुनुपर्छ भनेर लेखिएको उत्तरमा अङ्क दिने र मूल्याङ्कन गर्ने होइन, साबुनपानीले हात धोएको छ कि छैन भनी मूल्याङ्कन गर्नुपर्छ । रमाइलोका लागि कथा पढ्न सिकाउने मात्र होइन, कथाले दिन खोजेको सन्देशलाई व्यवहारमा उतारेको छ कि छैन भन्ने आधारमा मूल्याङ्कन गर्नुपर्छ ।

कोभिड १९ का कारण शैक्षिक सत्रको करिब पाँच महिना खेर गएका छन् । विद्यार्थीलाई विद्यालयमा भौतिक रूपमा उपस्थित गराएर शिक्षण गराउने र पेपर, पेन्सिल, टेस्टबाट मूल्याङ्कन गर्ने अवस्था नभएको अवस्थामा शिक्षालाई विद्यार्थीहरूको दैनिक जीवनसँग उपयोगी हुने सिकाइलाइ यस वर्षको शिक्षणको मुख्य आधार बनाउनुपर्छ । आधुनिक विधि र प्रविधिको पहुँच सबै विद्यार्थीसँग छैन र त्यो रातारात हुने कुरा पनि होइन । ज्ञान र सीप स्थानान्तरण गर्ने सबै विकल्पहरूलाई खुला राख्दै विद्यार्थीको व्यवहारमा परिवर्तन ल्याउने उत्तम विधि परियोजना कार्य नै हो । सबै विषयवस्तुलाई समेटेर परियोजना कार्य दिने, उक्त परियोजना कार्य गर्नका लागि घरपरिवार र शिक्षकले मार्गनिर्देश तथा सहजीकरण गर्ने, उक्त परियोजना कार्यबाट विद्यार्थीको व्यवहारमा आएको परिवर्तनलाई मूल्याङ्कन गर्ने ।

आजको शिक्षाले हाम्रा बालबालिकालाई परनिर्भर बनाएको छ । परनिर्भरताबाट आत्मनिर्भर गराउने, देशभक्तिपूर्ण चेतना, भावना र व्यवहार प्रदर्शन गर्नसक्ने बनाउनेखालको व्यवहारिक शिक्षा आजको आवश्यकता हो । कोभिड १९ ले हाम्रो शिक्षाप्रणालीलाई त्यसतर्फ अग्रसर गराइरहेको छ तर हामी पुरानो विचार र शैलीको शिक्षा दिन र लिन नपाउँदा छट्पटाइरहेका छौँ । शैक्षिक सत्रको बाँकी रहेको अवधिलाई पूर्ण रूपमा सदुपयोग गर्दै वैकल्पिक विधिको माध्यमबाट हाम्रा बालबालिकालाई व्यावहारिक र जीवन उपयोगी सीप सिकाउनु आवश्यक छ । उदाहरणका लागि गणित विषयको शिक्षणलाई सेतो पाटी र मार्करमा सीमित गर्दा गणित विषयलाई विद्यार्थीले बोझका रूपमा लिएका हुन्छन् । यसलाई व्यावहारिक जीवनसँग जोड्न सक्नुपर्छ हामीले प्रयोग गर्ने वस्तुहरू ज्यामिति आकारका हुन् । यिनीहरूको आकार, प्रकार, नाप, तौल, क्षेत्रफल, आयतन आदिका बारेमा परियोजना कार्य दिने, विद्यार्थीले दैनिक रूपमा बजार गएर खरिद गरिने वस्तुको मूल्यमा हुने छूट, नाफा–नोक्सान आदिका बारेमा परियोजनाकार्य दिन सकिन्छ । आफ्नो घरपरिवारको आम्दानी, ऋण, धन र ब्याजका बारेमा परियोजना कार्य दिएर गणितका विषयवस्तुहरूलाई व्यावहारिक ढङ्गबाट सिकाउन सकिन्छ । यसरी नै सबै विषयका विषयवस्तुलाई समेटेर परियोजनाकार्यका माध्यमबाट व्यावहारिक र जीवन उपयोगी शिक्षाको जगलाई बलियो बनाउन सकिन्छ । यसको परिणामस्वरूप सीपमूलक जनशक्ति उत्पादन भई परनिर्भरता हट्नेछ भने अर्कोतर्फ खेर जान लागिरहेको शैक्षिक सत्रलाई उपयोग गरी विद्यार्थीको भविष्यलाई अगाडि बढाउन सकिन्छ ।

(लेखक श्री ज्ञानोदय नमुना मावि, खजुरा बाँकेका प्रधानाध्यापक हुन् ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :