सरकारको राज्यआतंकविरुद्ध सचेततापुर्वक प्रतिरोध गर्छाै : अखिल (क्रान्तिकारी)

सरकारको राज्यआतंकविरुद्ध सचेततापुर्वक प्रतिरोध गर्छाै : अखिल (क्रान्तिकारी)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले संगठनका केन्द्रीय सदस्य शंकर महरा पारिवारिक भेटघाटको सन्दर्भमा कात्तिक १३ गते घरबाटै ओली सरकारको रामबहादुर गृह प्रशासनले अपहरण शैलिमा गिरफ्तार गरेको भन्दै घोर भत्र्सना गर्दै निःसर्त रिहाइको माग गरेको छ । अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरन्जिवी ढकालले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारको राज्यआतंक र देशव्यापी रूपमा क्रान्तिकारीहरू माथिको प्रतिबन्ध, धरपकडले देशलाई मुटभेडमा धकेल्ने र गम्भीर राष्ट्रघात निम्त्याउने संकेत भएकाले संगठनका सबै नेता कार्यकर्ताहरूलाई सचेततापुर्वक प्रतिरोध र आफ्नो विचार आन्दोलनमा दृढ रहन अनुरोध गरेका छन् ।

अध्यक्ष चिरन्जिवी ढकालले विज्ञप्तिमा भनेका छन्, ‘कोरोना महामारीले जनताको स्वास्थ्य अवस्था दिन प्रतिदिन भयाभह हुँदै गइरहेको छ, तर शासकहरू भ्रष्टाचार, दलाली र राष्ट्रघातमा लिप्त छन् जसका कारण नेपाली जनताको साझा भविष्य नै संकटग्रस्त हुँदै गम्भीर दुर्घटना नजिक पुग्दै छ, यो परिवेशमा सम्पूर्ण देशभक्त, यूवा, विद्यार्थीहरूले यो दलाल संसदीय व्यवस्थाको विकल्प खोज्दै अहिलेको संकटसँग जुझ्नु साझा दायित्व भएको छ, यो दायित्वलाई मर्मवोध गर्दै हाम्रो संगठन देश व्यापी यो महामारी र यसले निम्त्याएको संकट विरूद्ध स्वास्थ्य सचेतना, रक्तदान, राहत वितरण र घुम्ति पढाई कक्षाहरू संचालन गर्दै अघि बढिरहेको छ, यो जनपक्षीय काम देशव्यापी अभियानकै रूपमा अघि बढेको छ, यसमा देशभरका हजारौं संगठित नेता कार्यकर्ताहरू सहभागी छन् ।’

अध्यक्ष ढकालले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘यो अभियानका एक जना नेता हाम्रो संगठनका केन्द्रीय सदस्य शंकर महरा पारिवारिक भेटघाटको सन्दर्भमा घर पुगेका बेला मिति २०७७ कात्तिक १३ गते घरबाटै ओली सरकारको रामबहादुर गृह प्रशासनले अपहरण शैलिमा गिरफ्तार गरेको छ, यो गिरफ्तारी अखिल (क्रान्तिकारी) का नेताको गिरफ्तारी मात्र नभएर महामारी विरूद्ध लडिरहेको एक योद्धाको गिरफ्तारी पनि भएकाले यसको घोर भत्र्सना गर्दै निसर्त रिहाईको संगठन माग गर्दछौं, अन्यथा संगठन आन्दोलनमा जान बाध्य हुनेछ, जसको परिणाम भयाभह हुनेछ साथै राज्यको यस प्रकारको फासिवादी रबैया विरूद्ध एक हुन सम्पूर्ण नागरिक समाज, मानवाधिकारवादी, पत्रकार र बुद्धीजीवीहरूमा अपिल पनि गर्दछौं ।’

चिरन्जिवी ढकालले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘ओली सरकारको राज्यआतंक र देशव्यापी रूपमा क्रान्तिकारीहरू माथिको प्रतिबन्ध, धरपकडले देशलाई मुटभेडमा धकेल्ने र गम्भीर राष्ट्रघात निम्त्याउने संकेत भएकाले संगठनका सबै नेता कार्यकर्ताहरूलाई सचेततापुर्वक प्रतिरोध र आफ्नो विचार आन्दोलनमा दृढ रहन अनुरोध गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :