नेपालमा आज २,८५६ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ८४७ पुग्यो

नेपालमा आज २,८५६ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ८४७ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ८५६ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ५८ हजार ८९ पुगेको छ । त्यसमा काठमाडौँ उपत्यकामा ६२९ महिला र ९०६ पुरुष गरी जम्मा १ हजार ५३५ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ३११ नमुना परीक्षण गर्दा १ हजार ७८९ जना पुरुष र १ हजार ६७ जना महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी २४ घन्टामा थप ५ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएसँगै मृतकको सङ्ख्या ८४७ पुगेको छ । पछिल्लो २४ घन्टामा ३ हजार ३३६ जना निको भएर घर फर्केसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १ लाख ११ हजार ६७० पुगेको छ । यो कुल संक्रमितको ७० दशलब ६ प्रतिशत हो ।

नेपालमा आज सक्रिय सङ्क्रमितको संख्या ४५ हजार ५७२ रहेको छ । त्यसमा आई.सी.यु.मा २७७ जना र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा ३२ हजार ५९३ जना र क्वारेन्टाइनमा ३ हजार ६४ जना रहेका छन् ।

यसैगरी ५०० बढी संक्रमित हुने जिल्लाहरु : झापा, मोरङ, सुनसरी, काभ्रेपलाञ्चोक, काठमाडौँ, मकवानपुर, भक्तपुर, ललितपुर, चितवन, कास्की, नवलपरासी (पूर्व), रुपन्देही, दाङ, बाँके, कैलाली र सुर्खेत रहेका छन्, भने सून्य संक्रमित भएको जिल्ला मुस्ताङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :